काबुलमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या १०३ पुग्यो, ता’लिबानले दियो यस्तो प्रतिक्रिया

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर हालसम्म कम्तीमा १०३ जनाको ज्यान गएको छ। बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए।

काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए।

सो आक्रमणमा परेर मृत्यु भएकामध्ये १३ जना अमेरिकी सेना रहेका छन्। अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गरेका छन्। यस्तै सो आक्रमणबाट हालसम्म १ सयभन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा अन्य १८ जना अमेरिकी सेना पनि रहेका छन्।

बम विस्फोट भएपछि भागदौड भएको र त्यसमा परेर केही व्यक्तिको ज्यान गएको बताइएको छ। आफ्नो देश फर्किनका लागि विमास्थलमा जम्मा भएका विदेशी नागरिकलाई लक्षित गरेर विस्फोट गराइएको समाचारमा जनाइएको छ। काबुल विमानस्थलमा हजारौँको भीड लागेको समयमा आक्रमणकारीहरुले बम विस्फोट गराएका हुन्।

यसअघि बिहीबार मात्र अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका थिए। यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजानु भन्दै बुधबारदेखि नै सूचना जारी गरेका थिए।

ता’लिबान भन्छः काबुल विस्फोटनमा अमेरिकीभन्दा बढी हाम्रा मान्छे बढी मा’रिए

बिहीबार साँझ अफगातिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोटन हुँदा हालसम्म ९० जनाको मृ’त्यु भएको छ भने १४० व्यक्ति घाइते भएका छन्। बीबीसीका अनुसार मृ’त्यु हुनेमा १३ अमेरिकी सेना पनि रहेका छन्।

यसबीचमा तालिबानले उक्त विस्फोटनमा अमेरिकीभन्दा आफ्ना मान्छे बढी मारिएको दाबी गरेको छ। रोयटर्सका अनुसार तालिबानले २८ तालिबानीको मृत्यु भएको जानकारी दिएका छन्। यद्यपी यो घटनापछि पनि तालिबानले अमेरिकालाई ३१ अगष्ट भित्र बाहिरिसक्न भनेको छ।

अतिवादी जिहादी समूह आईएसले यो आक्रमणको जिम्मा लिएको छ। अमेरिकाले खोजी–खोजी उनीहरुविरुद्ध कारवाही हुने बताएको छ। यद्यपी तालिबानका कारण विस्थापित भएको उपराष्ट्रपति अमरुल्लाह सलेहले तालिबान र आईएसबीच सम्बन्ध भएको बताएका छन्।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…