काबुल बम विस्फोटमा ६० जनाले ज्यान गुमाए , बदला लिने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको बव विस्फोटमा मर्नेहरुको संख्या ६० पुगेको छ। काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको हो।

बीबीसीका अनुसार विस्फोटमा परी अन्य १ सय ४० भन्दा बढी मानिसहरु घाइते भएका छन्। पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ। विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन्।

सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो। सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो।

पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो। स्थानीय समयअनुसार साँझमा विमानस्थलको एबे गेटमा पहिलो विस्फोट भएको थियो। त्यसलगत्तै गोलीबारी शुरु भएको थियो।

त्यसको केही समयपछि नै दोस्रो विस्फोट भएको थियो। विमानस्थल नजिक रहेको बारोन होटलमा अर्को विस्फोट भएको हो। उक्त होटल बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन्। ‘हामी माफी दिने छैनौ। हामी बिर्सने छैनौँ। हामी तिमीहरुलाई खोजेर यसको मूल्य चुकाउन लगाउने छौँ,’ उनले भने। राष्ट्रपति बाइडेनले आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय समुदायले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…