छानबिन समितिको प्रतिवेदनपछि नेपाल छाड्ने अल्मुताइरीको संकेत

१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल छाड्ने संकेत गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अलमुताइरीबीचको विवादको विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएपछि कुवेती नागरिक अलमुताइरीले अब पद छाड्ने संकेत देखाएका हुन् ।

उनले सामाजिक सञ्जालमा अब म बाहिरिएँ भन्ने स्ट्यास लेखेका छन् । ‘आइएम आउट.. लेट पोलिटिक्स वर्क,’ उनले लेखेका छन् । अर्थात म बाहिरिएँ, राजनीतिले आफ्नो काम गरोस् ।

बुधबार सार्वजनिक भएको प्रतिवेदनमा अलमुताइरीलाई सचेत गराउने, उनले विवादास्पद रुपमा राजीनामा दिने भनेर लेखेको स्ट्याटस हटाउन परिषद्ले निर्देशन दिनेलगायत ११ बुँदे सुझाव दिइएको छ ।

अलमुताइरीले साउन १० गते एन्फा उपाध्यक्ष पंकज विक्रमलाई दोष लगाउँदै सामाजिक सञ्जालबाटै राजीनामा दिने घोषणा गरेका थिए । तर राजीनामा भने दिएनन् ।

छानबिन समितिले प्रतिवेदन दिएको सुझावमा त्यो स्ट्याटससमेत हटाउनुपर्ने उल्लेख छ । सामाजिक सञ्जालमा हिट अलमुताइरीले गत चैतमा नेपालको प्रशिक्षक बनेयता नै समर्थकसँग समेत निरन्तर सम्पर्क बढाइरहेका छन् ।

नेपाली राष्ट्रिय टिम साफ च्याम्पियनसिप र भारतसँगको मैत्रीपूर्ण खेलको लागि पोदरामा बन्द प्रशिक्षणमा तयारी गरिरहेको छ । तर यस्तो अवस्थामा मुख्य प्रशिक्षक नै विवादमा संलग्न भएकोले नेपाली फुटबल मैदान बाहिर तरंगित छ ।

नेपालले यही भदौ १७ र २० गते दशरथ रंगशालामा भारतसंग मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै साफ च्याम्पियनसिप अक्टोकर १ देखि माल्दिभ्समा सुरु हुनेछ ।

 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…