आफैंले लेखेको गीतमा छमछमी नाचे केपी ओली

काठमाडौं । बुधबार दिउसो ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारको प्रश्नको जवाफ दिँदै भनेका थिए, ‘म पुर्पुरोमा हात लगाएर बस्ने व्यक्ति होइन।’

उनी सबै कुराको ज्ञाता छन् भनेर पनि आरोप लाग्ने गर्छ। उनी जुसुकै विषयको प्रवचन दिनमात्र होइन् नाच्न पनि सिपालु छन भन्ने कुरा बुधबार राति नै सार्वजनिक भएको छ।

माधवकुमार नेपालले नयाँ पार्टीलाई जन्म दिएकै दिन ओली पत्नी राधिका शाक्यको पनि जन्मदिन परेको थियो। विरोधीहरुसामु कहिलै आफ्नो भावलाई परिवर्तन नगर्ने ओली औपचारिक रुपमा पार्टी फुटेकै दिन छमछमी नाचेका छन्।

आफैंले रचना गरेको गीत म त भाग्यमानीमा उनले कम्मर मर्काएका छन्। सार्वजनिक भएको भिडियोमा उनी ह्याप्पी मुद्रामा मन लगाएर नै नोचेको देखिन्छ।

राजनीतिबाहिर व्यक्तिगत जीवनमा ठट्यौलो र रसिक रहेका उनी पार्टीका कार्यकर्ताहरुमाझ यस्तै अवतारमा पेश भए। बालकोटस्थित उनकै निवासमा पत्नी राधिकालाई जन्मदिनको शुभकामना दिन पुगेका युवा, विद्यार्थी नेता तथा पार्टीका कार्यकर्ताका माझ उनी रसिक रुपमा प्रस्तुत भएका हुन्।

 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…