अफगानिस्तानका पूर्व सञ्चारमन्त्री हाल जर्मनीमा ड्राइभरको काम गर्दै

अफगानिस्तानका पूर्व सञ्चारमन्त्री सैयद अहमद शाह हिजोआज जर्मनीमा सामान पुर्‍याउने गाडीको चालक बनेर काम गरिरहेका छन् ।युरोपको सबभन्दा ठूलो टेलिकम्युनिकेसन कम्पनी टेलेकममा काम गर्ने आफ्नो सपना रहेको उनले बताए ।

आफूले सादा जीवन बिताइरहेको शाहको भनाइ छ । राष्ट्रपति अशरफ गानी र मन्त्रिपरिषद्का सदस्यले सरकारी रकम आफ्नै खल्तीमा हाल्न थालेपछि आफूले प्रतिकार गरेको उनी बताउँछन् । त्यसपछि आफूलाई मन्त्रीपदबाट बर्खास्त गरिएको उनको भनाइ छ ।

मन्त्रीबाट हटेपछि उनी युरोप गएका हुन् । त्यहाँ उनी भ्रष्टाचाररहित वातावरणमा काम गर्न पाउँदा खुशी छन् ।

अफगानीलाई मुलुक छाड्न नदिने

ता’लिबानले अफगान नागरिकलाई अब मुलुक छाड्न नदिने बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार काबुल एयरपोर्टमा मुलुक छाड्नेको भीड कायमै भएकाले ता’लिबानले मंगलबार आफगानीलाई अब बाहिर जान नदिने बताएको हो।

यसैगरी ता’लिबानले अमेरिकालाई ‘उद्धार’ कार्य अर्को साताभित्र सक्न पनि मिति तोकिदिएको छ। अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिक र विदेशी नागकिलाई उद्धार गरिरहेको छ।

ता’लिबानका प्रवक्ता जबिउल्लाह मु’जाहिदले पत्रकार सम्मेलनमा विदेशी नागरिकलाई कुनै रोकटोक नगरिए पनि एयरपोर्टमा अफगानीको ठुलो भीडलाई फर्काने बताए। उनले अब अफगानीहरूले नयाँ कानूनको पालना गर्नुपर्ने बताए।

‘एयरपोर्ट जाने बाटोमा प्रतिबन्ध लगाइएको छ। अफगानीहरू त्यो बाटो भएर एयरपोर्ट जान पाउँदैनन्, तर विदेशी नागरिकहरूलाई भने उक्त बाटो भएर जान अनुमति छ।’ उनले अब अफगानीलाई बाहिर जान नदिइने भन्दै अफगानीलाई अन्य मुलुक लैजाने कार्यप्रति आफूहरू खुसी नभएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानमा रहेका आफ्ना सेना फिर्ता गरिसक्ने बताएसँगै ता’लिबानको पछिल्लो भनाइ आएको हो। यद्यपि अमेरिकी गठबन्धनमा रहेका मुलुकले उद्धार कार्य अझै लम्ब्याउनुपर्ने बताएका छन्। उनीहरू अझै धेरै मानिस बाहिर जान चाहेको भन्दै थप समय लाग्ने बताएका हुन्।

 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…