गोरु ब्याउँछ भन्‍नु र ओली सुध्रन्छन् भन्नु उस्तै उस्तै हो : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रन्छन् र गोरु ब्याउँछ भन्‍नु उस्तै उस्तै भएको बताउनुभएको छ ।

डा भट्टराईले सामाजिक सञ्जालमार्फत एमालेका दोस्रो पुस्ताका नेताहरुलाई ब्यंग्य गर्दै ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? भन्दै व्यंग्यात्मक प्रश्न गर्नुभएको हो ।

उहाँलेले दोस्रो पुस्ताका नेताहरूमा सत्तरी आसपासका बुढाहरूको जत्ति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेतरआँट नभएको टिप्णी गर्नुभएको छ ।

डा भट्टराईले ट्वीटरमा लेख्नुभएको छ– ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै ! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ! ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो र ? खै चेत ?’

 

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…