गा’जा बोकेर कतार जान लागेका पाठक विमानस्थलमा पक्राउ

काठमाडौं । गा’जा बोकेर त्रिभुवन विमानस्थल पुगेका एक व्यक्ति पक्राउ परेका छन्। चितवन खैरेनी- १० घर भएका २९ वर्षीय बुद्धिराज पाठक त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुन्।

उनी कतार एयरलाइन्सको उडान क्युआर ६४९ नम्बरको जहाजबाट दोहा जाँदै थिए। दोहा जानेक्रममा विमानस्थलमा सुरक्षा जाँचको क्रममा उनको लगेजबाट प्रतिबन्धित लागुऔषध ८०० ग्राम गाजा भेटिएको थियो।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसपी जीवनकुमार श्रेष्ठका अनुसार पाठक मंगलबार बिहान १०:३० बजे उनलाई विमानस्थलबाट प्रक्राउ गरिएको हो।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा गाजा फेला परेको थियो। उनले ग्याष्ट्रिक हरण चुर्ण सगरमाथा आयुर्वेदिक औषधि उद्योग गोकणेश्वर१ लेखिएको बट्टाभित्र लुकाएर गाजा लगेका थिए।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…