बागमती प्रदेश इन्चार्जबाट ‘बादल’लाई हटाउने तयारी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मध्यमार्गी धारका नेताबिच १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति बनेपछि एमालेमा केही परिवर्तन देखिनेभएको छ। बालकोटमा सोमबार भएको मध्यमार्गी धारका नेतासँगको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार भएका छन्। उक्त सहमति बमोजिम १० बुँदे सहमति कार्यान्वयन गर्न आज पार्टी स्थायी समितिको बैठक बोलाइएको छ।

बैठकमा गत पुस ५ यता ओलीले बोलाएका बैठकमा सहभागी नभएका तथा वरिष्ठ नेता माधव नेपालले गठन गरेको नयाँ दलमा पनि नगएका स्थायी समिति सदस्यहरू पनि सहभागी हुने बताइएको छ। बैठकले १० बुँदे सहमतिबमोजिम पार्टीलाई २०७५ जेठ २ अघिकै संरचनामा फर्काउने निर्णय गर्ने बुझिएको छ।

सोमबारको छलफलपछि एमाले सचिव योगेश भट्टराईले पार्टी स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर अघि बढ्ने सहमति भएको बताएका थिए। ‘१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि भोलि स्थायी कमिटी बैठक बस्छ। १० बुँदेले भने अनुसार २०७५ जेठ २ कायम भएको छ। केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशील हुन्छ,’ भट्टराईले भनेका थिए।

यसैका लागि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सम्मिलित समितिसमेत बनाइएको छ। एमाले स्रोतका अनुसार आजको बैठकले एमाले २०७५ जेठ २ अघि जस्ता वा जो रहेका कमिटीहरू थिए, तिनलाई जस्ताको तस्तै स्वरूपमा फर्काउनेछ।

सोहीअन्तर्गत एमालेका प्रदेश कमिटीहरू पनि पुरानै ब्यूँताइने स्रोतको दाबी छ। जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावलले नै इन्चार्ज कायम हुनेछन्।

यसअघि प्रदेश कमिटीमा जिम्मेवारी हेरफेर गरिएको छ। प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश नम्बर २ मा रघुवीर महासेठ, बागमतीमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाइएको छ। तर आजबाट यी जिम्मेवारी हटाइने स्रोतको दाबी छ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…