भोलिदेखि ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ खुल्ने

८ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।

सेयर कारोबारबाट धेरै कमाउनेमा हिमालयन बैंक, कुन बैंकले कति कमाए?

कोरोना महामारीको प्रभावका बाबजुत गत आर्थिक वर्ष २७ वाणिज्य बैंकहरुले समग्रमा खुद नाफा मात्रै ६३ अर्ब ३७ करोड कमाए। बैंकहरुको यो नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो। समग्र कर्जा विस्तार २८ प्रतिशतले बढ्दा बिजनेसको तुलनामा नाफा कम हो। अर्कोतर्फ बैंकहरुको स्प्रेड दर र आधार दर पनि घटेको छ। स्प्रेड दर र आधार दर घट्नु भनेको बैंकले ऋणीबाट लिने ब्याज घट्नु हो।

बैंकहरुको नाफामा यसपालि सेयर बिक्रीबाट भएको कमाइले पनि राम्रो टेवा पुर्याएको देखिन्छ। सेयर बजार बढ्दाखेरि कतिपय बैंकले आफूसँग भएको अन्य विभिन्न कम्पनीका सेयर बिक्री गरे।

यहीं सेयर बिक्रीबाट भएको कमाइले नाफामा राम्रो टेवा पुगेको हो। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार यी बैंकले गत आर्थिक वर्षमा कुल १२ अर्ब ३९ करोड रुपैयाँ कमाएका छन्।

जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष यी बैंकले ४ अर्ब १ करोड रुपैयाँ कमाएका थिए। सेयर कारोबारबाट गत आर्थिक वर्ष सबैभन्दा धेरै हिमालयन बैंकले कमाएको छ। सो बैंकले मात्रै गत आर्थिक वर्ष २ अर्ब २२ करोड कमाएको छ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…