कतार, साउदी अरब र कुवेतमा अक्षय कुमारको फिल्म ‘बेलबटम’ प्रतिबन्धित

काठमाडौं। अक्षय कुमारको फिल्म बेलबटमलाई तीन खाडी देशहरुले प्रतिबन्ध लगाएका छन् । दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रियापाइरहेको यो फिल्मलाई खाडी देशहरु साउदी अरब, कतार र कुवेतले प्रतिबन्ध लगाएका हुन् । यी देशले फिल्ममा देखाइएको तथ्यलाई गलत भन्दै फिल्ममाथि प्रतिबन्ध लगाएका हुन् । यहाँको फिल्म सर्टिफिकेसन अथोरिटीले फिल्ममा ऐतिहासिक तथ्यमाथि छेडछाड गरिएको बताएका छन् ।

बेलबटम स्पाइ प्रिलर फिल्म हो । १९८० को दशकमा भएको विमान अपहरणको सत्य घटनामा आधारित यो फिल्ममा अक्षय कुमार रअ एजेन्टको रुपमा देखिएका छन् । फिल्मको दोस्रो हाफमा अक्षय कुमारले विमान अपहरणकर्तासँग पहिलो कुराकानी र त्यसपछि लडाइँ गरेर विमानमा फसेका २१० जना यात्रुलाई बचाएको देखाइएको छ । खाडी देशहरुले यही कुरालाई गलत भनेका छन् ।

यो फिल्म जुन वास्तविक घटनामा आधारित भनिएको छ त्यो विमान अपहरण १९८४ मा भएको थियो । यो घटनामा संयुक्त अरब इमिरेट्सका मन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले स्वयं यो परिस्थितिलाई नियन्त्रण गरेका थिए ।

लाहोरबाट दुबइ पुगेको विमानका अपहरणकर्ताहरुलाई उनले पक्राउ पनि गरेका थिए । तर, फिल्ममा यो सबै काम भारतबाट गएका अक्षय कुमारले गरेको देखाइएको छ र यही कुराप्रति आपत्ति जनाउँदै खाडी देशहरुले फिल्ममा प्रतिबन्ध लगाएका छन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…