‘युगल पोर्टट्रेट’ फोटो प्रतियोगितामा दाङका तीन जना फोटोग्राफर उकृष्ट

दाङ। विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोपसलडटकमले आयोजना गरेको ‘कपल पोर्टट्रेट’ फोटोग्राफी प्रतियोगिता २०२१ मा दाङबाट ३ जना फोटोग्राफर उत्कृष्ट भएका छन्। १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको प्रतियोगितामा दाङका बसन्त जोशी, भग्गु प्रसाद चौधरी र विष्णु न्यौपाने सर्वोत्कृष्ट भएका हुन्।

नेपाली फोटो व्यवसायीहरूको क्षमता अभिवृद्धि र फोटोग्राफीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो ।

प्रतियोगितामा दाङबाट ६५ जना सहित ३८ जिल्लाका ३ सय ६६ जना फोटोग्राफरले पठाएका ५ सय १३ वटा फोटो सामेल गराइएको थियो  । प्रतियोगिताको संयोजकत्व सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डेले गर्नु भएको थियो।

निर्णायक मण्डलको भूमिका वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत लगायत रिपब्लिक अफ ट्रिनेडएण्ड टोबाकोका वरिष्ठ फोटोग्राफर जेम्स बि. सोलोमन र भारतका फोटोग्राफर किगन डेनिसले निर्वाह गर्नुभएको फोटो पसल दाङका संयोजक दुर्गा प्रसाद चौधरीले बताउनु भयो।

माउन्टेन फोटोग्राफरको रुपमा परिचित जगदिश तिवारीले यसप्रकारका प्रतियोगिताबाट नेपाली फोटोग्राफरको व्यवसायमा सहयोग पुग्ने बताउनु भयो। कार्यक्रममा दाङका जिल्ला संयोजक दुर्गा प्रसाद चौधरीले समेत सम्बोधन गर्नु भएको थियो।

फोटो पसलले  हरेकवर्ष विश्व फोटोग्राफी दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

गतवर्ष कोभीड-१९ विरुद्ध अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सम्मान लगायत विभिन्न जनचेतानामूलक कार्यक्रम गरेको थियो। फोटो पसलले प्रतियोगितामा सहभागी सबैलाई निःशुल्क तालिमको व्यवस्था र उत्कृष्ट फोटोहरू असोज २ गते प्रदर्शनीमा राखेर प्रमाणपत्र वितरण गर्ने जिल्ला संयोजक चौधरीले बताउनु भयो।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…