कस्तुरीको बिना र बाघको छाला सहित दाङमा पक्राउ परेका को हुन् ?

घोराही, ७ भदौ । दाङमा बाघको छाला र कस्तुरीको बिना सहित ५ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेबाट दाङ तर्फ आउदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई लमही नगरपालिका ९ अमेलियामा जाँच गर्ने क्रममा २ वटा साना र एउटा ठूलो गरी ३ वटा बाघको छाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाटन नगरपालिका ६ बैटडी बस्ने २० बर्षिय विमल औजी, २८ बर्षिय प्रदिपकुमार विक र २० बर्षिय हेमन्त औजी रहेका छन् ।
त्यसैगरी, एक थान कस्तुरीको बिना सहित दुई जनालाई पनि प्रहरीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।

घोराही उपमहानगरपालिका १५ शहिद गेट स्थित होटल टूडे प्लाजाको कोठा नम्बर २ मा बसेका घोराही ७ का ३३ बर्षिय मोहन बुढा र प्युठान नगरपालिका १ का २२ बर्षिय मदन केसीलाई एक थान कस्तुरीको बिना सहित पक्राउ गरिएको प्रहरी प्रमुख, प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

कस्तुरीको बिना विक्रि हुदै छ भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनिहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ५ जनाका विषयमा थप अनुसन्धान भैरहेको र आबस्यक अनुसन्धान पछि वन डिभिजन कार्यालय दाङमा बरामद समान सहित उनिहरुलाई बुझाईने प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…