चर्चामा : जेलैमा हो जेलैमा, चरी जेलैमा मै छोरी रुँदै रुँदै बेसी मेलैमा

लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर यो हो । हालसालै उनको स्वरमा ‘चरी जेलैमा’बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतले यतिबेला चर्चा पाईरहेको छ ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो । यसअघि ‘पुतलीको भट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको छ ।सुन्दरमणी अधिकारीको शब्द÷संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् ।

तीज जति–जति नजिक आउँदैछ, नयाँ–नयाँ तीज गीत र भिडियोहरु सार्वजनिक भईरहेका छन् । अधिकांश गीतहरुले तीजको मौलिकता गुमाएको गुनासो आईरहेको समयमा यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको गीत भनेका छन् ।

तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ । खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ ।

गीतले यतिबेला युट्युब र टीकटकमा निकै चर्चा बटुल्दै गएको छ । पाँच दिनअघि सार्वजनिक गीतलाई युट्युबमा १८ लाख बढी पटक हेरिसकिएको छ भने युट्युबमा ५ हजार ६ सय बढी प्रतिक्रिया आईसकेका छन् । अधिकांशले गीतको प्रशंशा गरेका छन् । गीतका शब्द, विष्णुको सुमधुर स्वरको स्रोता एवं दर्शकहरुले तारिफ गरेका छन् । ‘तीज गीत भनेको यस्तो हुनुपर्छ’ भन्ने खालका थुप्रै प्रतिक्रिया युट्युबमा पाईन्छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…