देशभरिका अस्पतालका लागि २० हजार चिकित्सक थप्नुपर्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालमा आज आइतवार आयोजित स्वागत कार्यक्रममा उहाँले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

गरिब नागरिकले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले सरकारी अस्पताललाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिनुभयो ।

भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्लीगल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन राज्यमन्त्री श्रेष्ठले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘समस्या के हो जानकारी दिनुहोस्, पाँच/दश करोड बजेटको समस्या हुँदैन ।’

उहाँले आउँदाे असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसङ्ख्यालाई झन्डै पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिँदै भन्नुभयो, ‘हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो ।

त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नुपरेको छ ।’ सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उहाँले केही दिनमा पीसीआर र एन्टिजेन परीक्षणलाई पूर्णरूपमा निःशुल्क गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब दुई गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएकामा त्यस्ताे हुन नहुने धारणा व्यक्त गर्नुभयो ।

भरतपुर अस्पतालका शैक्षिक कार्यक्रम संयोजक प्रा. डा. कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने बताउनुभयो । उहाँले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटाैँडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाइमा पुर्‍याउन अस्पतालबाट सेवाहरू अन्यत्र सार्ने नभइ अन्यत्रबाट ल्याएर भए पनि थप गर्नुपर्ने बताउनुभयो ।

भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफूहरू अस्पतालका लागि चाहिने सेवा तथा सामग्रीहरू माग्न मन्त्रालय जाँदा कहाँ र कसलाई भेट्ने हो भन्ने विषयमा अन्योल हुने गरेको गुनासो गर्नुभयो । उहाँले चिकित्सक आवास र प्रसूति भवन बनाउन र अस्पतालबाट निस्कने फोहर व्यवस्थापनका लागि ढल निकासी तथा स्वच्छ खानेपानीको व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…