ठिमीको एक होटलले बिल धेरै निकालेको भन्दै ग्राहकले प्रेसर कुकुर ब’म राखिदए

६ भदौ, काठमाडौं । भूमिगत विप्लव समूह शान्ति प्रक्रियामा आएपछि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएका थिएनन् । तर शनिबार राति ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा बम जस्तो देखिने वस्तु भेटिएको खबर आएपछि भक्तपुर प्रहरी झस्कियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तत्काल बोलाइयो र साढे १० बजे सेनाले शंकास्पद वस्तु डिस्पोज गर्‍यो । तर त्यो वस्तु कसले राख्यो ? प्रहरी अलमलमा थियो ।

त्यही क्रममा होटलमा केही समयदेखि बस्दै आएका एक ग्राहकले सञ्चालकसँग झगडा गरिरहेको खुल्यो । प्रहरी वृत्त, ठिमीका अधिकृतहरुलाई शंकास्पद लागेर सोधपुछ गर्ने क्रममा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले स्वीकारे । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरी प्रमुख एसपी शिव श्रेष्ठ बताउँछन् ।

प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् । ‘हालसम्म तर्साउनलाई मात्र राखिएको जस्तो देखिएको छ’ प्रहरी स्रोत भन्छ, ‘कुकरमा विष्फोट हुने प्रणाली राखिएको थिएन, तर्साउन मात्र खोजेको जस्तो देखिन्छ ।’ प्रेसर कुकुर राखेका वेला लामाले मादक पदार्थ पनि सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको श्रेष्ठ बताउँछन् ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…