१ सय ९२ पटक ट्रायल दिँदा पनि फेल बन्यो विश्व कीर्तिमान

एजेन्सी । सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि सबै देशमा आ–आफ्नो नियम छ। तर सबै देशमा सवारी चलाउने प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ।

यस्तो परीक्षामा सबैले एकै पटकमा सफलता प्राप्त गर्छन् भन्ने छैन। तर एक दुई पटकमा भने अवश्य सफल हुन्छन्। तर एकजना पोल्याण्डका यस्ता जब्बर व्यक्ति निस्किएका छन्। उनले अहिलेसम्म ड्राइभिङ लाइसेन्स प्राप्त गर्नका लागि १ सय ९२ पटक ड्राइभिङ टेस्ट दिइसकेका छन्।

तर पनि उनले ट्रायल पास गर्न सकेका छैनन्। ५० वर्षका ती व्यक्ति पछिल्लो १७ वर्षदेखि ड्राइभिङ लाइसेन्स प्राप्त गर्न निरन्तर जुटिरहेका छन्। उनले ड्राइभिङ टेस्टमा फेल हुने मामिलामा सबैभन्दा धेरै प्रयास गर्नेमा रेकर्ड नै कायम गरेका छन्।

पोल्याण्डमा ड्राइभिङ लाइसेन्सको टेस्टको कुनै सीमा छैन। यहाँ जतिपटक फेल भएपनि पुनः दिन पाइन्छ। दुई दशकदेखि उनले कार चलाउने तालिम पनि लिइरहेका छन्। ड्राइभिङ परीक्षामा अझै पास हुन नसकेका कारण अहिलेसम्म उनले कार चलाउने तालिमकै लागि मोटो रकम खर्चिसकेका छन्।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…