सात करोड बढी लागतमा बनेको विद्यालय भवन एक वर्ष नबित्दै चुहिन थाल्यो, ढलान उप्कियाे

रामेछाप । निर्माण भएको एक वर्ष नबित्दै मन्थली नगरपालिका-१२ मा रहेको श्री माध्यामिक विद्यालय चुहिन थालेको छ । एसियाली विकास बैंक (एडीबी)काे आर्थिक सहयोगमा भर्खरै निमार्ण सम्पन्न भएको नयाँ सुविधा सम्पन्न विद्यालय भवनको छतबाट भुइँतलासम्मै पानी चुहिएर कक्षा कोठा डुबानमा परेका छन् ।

वि.स. २०७२ सालको विनाशकारी भूकम्पले पुरानो विद्यालय भवन भत्काएपछि एडीबीको आर्थिक सहयोगमा नयाँ भवन निमार्ण गरिएको हो । भवन निमार्णको जिम्मेवारी पाएको खानी निमार्ण सेवा प्रालिले कमजोर र गुणस्तहीन सामाग्री प्रयोग गरेका कारण नयाँ भवनको छतबाट पानी चुहिएको स्थानीय अभिभावकहरुले आरोप लगाएका छन् ।

विद्यालयका दुईवटा भवन एडीपीको ७ करोड ४६ लाख २४ हजार ७ सय ४५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको हो । २०७५ सालमा निमार्ण कार्य शुरु भएर २०७७ चैत्र २८ गते सम्पन्न भएको थियो ।

निमार्ण सम्पन्न भएका दुईवटा भवनमा गरि २१ वटा कक्षा कोठा, ६ वटा शौचालय र घेराबार समेत रहेको श्री माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पवन खड्काले जानकारी दिनुभयाे ।

वर्षातका कारण आकाशको पानी सबै भवन भित्र छिरेर कक्षा कोठाभरि पानी भरिएपछि अहिले ती कक्षाकोठामा पढाइ बन्द गरिएको प्रअ खडकाले बताउनुभयो । भूकम्पले पुरानो विद्यालय भवन भत्किएपछि एडीबीको सहयोगमा नयाँ भवन बन्दा खुसी भएका शिक्षक तथा अभिभावकहरु बनेको नयाँ भवन पनि बिग्रेपछि चिन्तित बनेका छन् ।

विद्यालयमा जडान भएको विद्युत लाइन सर्ट भएर विद्यार्थीहरुलाई करेन्ट लाग्ने पो ही की भन्ने चिन्ताले आफूहरुलाई सताएको मन्थली–१२ गेलुका कर्णवहादुर पाण्डेले बताउनुभयो ।

‘विद्यालय गएका बालबालिका सकुशल फर्केर आउँछन कि आउँदैनन् भन्ने चिन्ताले सबै अभिभावकहरुलाई सताएको छ’, उहाँले भन्नुभयो, ‘विद्यालयको घेराबार सबै लडेको छ । भुइँतलामा गरेको ढलान सबै उप्किएको छ ।’ विद्यालय निमार्ण गर्दा धेरै लापर्बाही भएको उहाँको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशहरि बुढाका अनुसार विद्यालय भवन निमार्ण व्यवसायीले विधिवत रुपमा हस्तान्तरण गर्न बाँकी नै छ । विद्यालयको अवस्थाबारे निमार्ण व्यवसायी र जिल्ला आयोजना कार्यालय (शिक्षा)लाई जानकारी गराइसकेको उहाँले बताउनुभयो ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…