भारतसँगको सीमामा चीनले ५ सय नमूना गाउँ बनायो, गाउँको आडमा बंकर बनाएको दावी

काठमाडौं। भारतसँगको सीमा क्षेत्रमा चीनले ५ सयवटा नमूना गाउँ बनाइसकेको छ । चीनले यी गाउँको आडमा बंकरहरु बनाइरहेको भारतीय पक्षले दावी गरेको छ । चीनले सीमासम्म सडक पनि बनाएको छ ।

सिक्किममा चीन, भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्र डेकलाममा भएको फेस अफपछि भारत र चीनको सेनाबीच झडप पनि जारी छ । ६ महिना पहिलेसम्म दुई देशका सेनाबीच कैयौं पटक झडप भएको छ ।

सेनाले भने यसबारेमा धेरै जानकारी दिएको छैन । डोकलाम फेसअफपछि नै चीनले सिक्किम सीमानजिक तिब्बतमा शक्ति बढाउन सुरु गरेको छ ।

चीनले सिक्किमनजिकैसम्म २०१७ देखि निर्माण सुरु गरेर फराकिलो सडक र पक्की संरचना निर्माण गरिसकेको छ । भारतीय सेनाको सूत्रका अनुसार चीनसँग तनावको सुरुवात सिक्किमको नकुलाबाट भएको थियो । त्यसपछि डोकलाममा र पछि गलवानमा झ’डप भयो ।

चीनले भारतीय सीमामा तिब्बती मूलका सैनिक तैनाथ गर्न पनि सुरु गरेको छ । यहाँको उचाइमा यु’द्ध गर्नको लागि चिनियाँहरु भन्दा तिब्बतीहरु दक्ष हुने भएकोले चीनले तिब्बतीहरुको भर्ती पनि बढाइरहेको छ । बनाइएका नमूना गाउँमा तिब्बती मूलका जनतालाई बसाउने भनिएको छ । भारतले भने यहाँ बसाइने तिब्बतीहरु सैनिक हुने दावी गरेको छ ।

 

भर्खरै प्रकाशित

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…