हो, म कमलरी थिएँ, तर नेता नेपालको कुकर्मका पछि लाग्न सकिनँ : शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले पार्टी फुटाएर माधवकुमार नेपालले पार्टीलाई तहसनहस पारेको आरोप लगाउनु भएको छ । आफूलाई एमालेमा प्रवेश गराउने नेता नेपालकै विरोधमा उत्रिएको भन्दै आलोचना भइरहँदा सांसद चौधरीले नेता नेपालको कुकर्मका पछि लाग्न नसके बताउनु भएको हो ।

‘उहाँ (नेता नेपाल) आफैले आफ्नै पार्टीको सरकार गिराउनुभयो , आफैले निर्माण गरेको पार्टी चोइट्याउनुभयाे, सारा नेपाली जनताको भावना विपरित पार्टिलाई तहसनहस पार्दै हुनुहुन्छ,’ सांसद चाैधरीले समाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘अब म के गरौँ ? यस्ता जनभावनाविपरीतका कुकर्मका पछि लागौं ? लाखौ कार्यकर्ताको मनमा चोट पुग्ने गरी कसैका पदको लडाइँको पछि दगुरौँ? यदि देशलाई स्थिरता दिने हो र कम्युनिस्ट आन्दोलन समाजवादउन्मुख बनाउने हो भने यस्ता कार्यको मैले विरोध गर्नै पर्छ। मैले त्यही गरेँ र अझै पनि गरिरहने छु।’

१८ वर्ष लामो समय कमलरी जीवन बिताएकी उनलाई नेता नेपालले एमालेमा प्रवेश गराउनु भएकाे थियाे । ‘म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ। यसबारे मैले धेरै बताइरहनु पर्दैन। तर म बिगतमा जति अपमानित भएँ , हेपिएँ सायद मुक्त भएपछि कहिल्यै अपमानित हुनु पर्दैन, यही सोच्ने गर्थे,’ उहाँले भन्नुभएकाे छ, ‘तर आज पनि मैले बोल्नेबित्तिकै तँ कमलरी होस नबोल्, मैले लेख्नेबित्तिकै तँ कमलरी होस् नलेख् भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ ।’

उहाँले यो अवस्थामा अझै पनि केही मानिससको दिमाग सामन्तवाद जिउँदै रहेको महसुस भएको बताउनु भएकाे छ । ‘कहिलेकाहीँ मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिउँदै रहेछ जस्तो लाग्छु, शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पीडा कस्तो हुन्छ भन्ने अनुभूति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होइन, ऊर्जा थपेको हुन्छ,’ उहाँले बताउनुभएकाे छ ।

आफूले कहिल्यै पनि नेता नेपालको अपमान नगरेको पनि उहाँले स्पष्टीकरण दिनुभएकाे छ । उहाँले लेख्नुभएकाे ‘मैले कमरेड माधव नेपालको अपमान कहिले गरेँ ? एकपटक कसैले बताउन सक्नुहुन्छ ?, सक्नुहुन्छ भने बनाइदिनुस्। उहाँ आफैँले आफ्नै पार्टीको सरकार गिराउनुभयो। आफैँले बनाएको पार्टी चोइट्याएर सारा नेपालीको भावनाविपरीत पार्टीलाई तहसनहस पार्दै हुनुहुन्छ।’

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…