मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनीले ३३ गाडी बेचेको खुलासा

मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएका ३३ वटा गाडी आयोजना निर्माण कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका सूचना अधिकारी तथा इन्जिनियर राजेन्द्रप्रसाद पन्तले आयोजना सम्पन्न नगरी भागेको निर्माण कम्पनीले आफूले भुक्तानी गर्न बाँकी रहेका सहायक निर्माण कम्पनी तथा सप्लायर्सहरूलाई ती गाडी दिएको तर कम्पनीले त्यसबारे समितिलाई कुनै जानकारी नगराएको बताए । सीएमसीले अधिकांश गाडीहरू बिरा मोटर्सलाई दिएको छ । हाल ती गाडीहरू सीएमसीको नाममा छैनन् ।

उनले भने, “सीएमसीले बीचैमा काम छाडेर हिँडेपछि त्यसका सबै उपकरण आयोजनाको हुनुपर्दछ तर ती गाडीहरू पहिल्यै उसले अरूको जिम्मा लगाएको रहेछ । दर्जनौँ टिप्पर थिए, कम्पनीले सबै गाडी पहिल्यै व्यवस्थापन गरिसकेको पाइएको छ । मेलम्ची खानेपानी आयोजना र सीएमसीको हिसाब अझै स्पष्ट छैन ।

मुद्दा चलिरहेको छ ।” समितिका अनुसार गाडी, टिप्पर र केही औजार बिरा मोटर्सले आफ्नो दाबी गरेको छ । त्यसैमा मुद्दा परेको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार मेलम्ची खानेपानी आयोजनाले बैङ्क ग्यारेन्टी सुविधा उपयोग गरी कुल ४५ थान गाडी आयात गरेको छ ।

ती गाडीमध्ये निर्माण कम्पनीले ३३ वटा बिक्री गरेको छ भने बाँकी गाडीका बारे मेलम्ची आयोजनालाई जानकारी छैन । हेडबक्स तथा सुरुङ निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले किनेका १० वटा प्राडोसहित २७ वटा गाडी छन् ।

ती गाडीको उपयोग र अवस्थाबारे कार्यालयलाई जानकारी नभएको उल्लेख गरी महालेखालाई समितिले विवरण दिइएको थियो ।गाडीको प्रयोग र दाबीमा विवाद भएपछि अदालतमा मुद्दा विचाराधीन रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ तर बिरा मोटर्सले भने कम्पनीसँग सम्झौता गरेर गाडी किनेको जनाएको छ ।

बिरा मोटर्सका प्रबन्ध निर्देशक दिनेश श्रेष्ठले भने, “एउटा मुद्दा डेढ वर्षअघि सकिएको हो । हामीले कम्पनीसँग गाडी किनेका हौँ । ३३ वटा गाडीमा २२ वटा लिई सक्यौँ ११ वटा ल्याउन बाँकी छ । ल्याउन बाँकी गाडीको हामीले दाबी गरिरहेका छौँं ।” बाँकी गाडीहरू मेलम्ची आयोजनामा रहेको उनले बताए । यो समाचार गोरखपात्र दैनिकमा छ ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…