प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। मंसिरमा हुने महाधिवेशनमा आफू सभापति पदमा उठ्ने र पछि नहट्ने पनि सिंहले बताए।

उनले यो कुरा शनिबार काठमाडौंको चन्द्रागिरि नगर समितिले आयोजना गरेको एक दिने विचार गोष्ठीमा भनेका हुन्। ‘म सम्पूर्ण रूपले सभापति बन्न सक्षम छु। सभापतिमा उठ्ने हो, पछि हट्दिनँ,’ सिंहले भने, ‘आमजनताको दु:खमा साथ दिँदै उनीहरूको हितका लागि काम गर्नुपर्ने भएकोले पनि पार्टी सभापतिमा उठ्नुपर्ने अवस्था छ।’

सबैलाई मिलाएर लैजान सक्ने र पार्टी सञ्चालन गर्न सक्ने भएकोले पनि आफू पार्टी सभापतिको उम्मेदवारीबाट पछि नहट्ने सिंहले बताए।

२०७२ सालमा भएको १३ औं महाधिवेशनपछि पार्टी कमजोर भइरहेको सिंहको भनाइ थियो। क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि मौका नदिन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले केही व्यक्तिहरूले पार्टी क्रियाशील सदस्यता वितरणमा चलखेल गर्दा वर्षौंदेखि पार्टीमा दु:ख गरेकाहरू क्रियाशीलबाटै बञ्चित हुनुपर्ने अवस्था देखा परेको पनि बताए।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…