अफगानिस्तानका सम्भावित राष्ट्रपति मुल्ला अब्दुल गनी बरादर काबुलमा

काठमाडौं। तालिबानी शासनमा अफगानिस्तानका सम्भावित राष्ट्रपति मानिएका तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् । यहाँ उनले अफगानिस्तानमा नयाँ सरकार गठन गर्ने विषयमा तालिबानका आफ्ना सहकर्मी र जिहादी नेताहरुसँग छलफल गर्ने बताइएको छ । तालिबानको सूत्रका अनुसार समावेशी सरकार बनाउने विषयमा छलफल हुनेछ ।

२०१० मा बरादरलाई पाकिस्तानमा गिरफ्तार गरिएको थियो तर अमेरिकाको दबाबपछि उनलाई २०१३ मा रिहा गरिएको थियो । पछि उनलाई कतार पठाइएको थियो । त्यहाँ उनलाई दोहास्थित तालिबानको राजनैतिक कार्यालयको प्रमुख नियुक्त गरिएको थियो । यहीँ बसेर उनले अमेरिकासँग त्यो सम्झौता गरेका थिए जुन सम्झौताअनुसार अहिले अमेरिकीसहित विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिँदैछन् ।

बरादर कतारबाट मंगलबार अफगानिस्तान पुगेका थिए । त्यहाँ उनी कान्दाहारमा ओर्लिएका थिए जुन सहरबाट तालिबानको सुरुवात भएको मानिन्छ । उनी फर्किएको केही घण्टापछि नै तालिबानले यसपटक आफ्नो शासन फरक हुने घोषणा गरेको थियो ।

मुल्ला अब्दुल गनी बरादर ती ४ जनामध्ये एक हुन् जसले तालिबानको गठन गरेका थिए । उनी तालिबानका संस्थापक प्रमुख मुल्ला उमरका डेप्युटी थिए । २००१ मा अमेरिकाले आक्रमण गर्दा उनी देशका रक्षा मन्त्री थिए ।

२०१० मा अमेरिका र पाकिस्तानले एक संयुक्त अपरेशनमा बरादरलाई गि’रफ्तार गरेका थिए । त्यतिबेला शान्ति वार्ताको लागि सरकार बरादरको रिहाइको माग गर्थ्यो । सेप्टेम्बर २०१३ मा उनलाई रिहा गरिएको थियो । २०१८ मा कतारको दोहामा तालिबानले आफ्नो राजनैतिक कार्यालय खोलेपछि अमेरिकासँग वार्ता गर्ने टोलीमा बरादर प्रमुख थिए । उनले सधैं अमेरिकासँग वार्ताको समर्थन गर्दै आएका छन् ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…