प्रतिगामी शक्तिहरू पराजित भए, वास्तविक कम्युनिस्टहरू एक हुन आवश्यक छ : दामा शर्मा

घाेराही । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य दामा शर्माले प्रतिगामी शक्तिहरू पराजित भएको बताउनुभएकाे छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) घाेराही नगर कमिटीको बिस्तारित बैठकलाई संवाेधन गर्दै शर्माले समाजवादी क्रान्तिका लागि वास्तविक कम्युनिस्टहरू एक हुनुपर्ने बताउनुभएकाे हाे । उहाँले आगामी निर्वाचनमा अग्रगामी शक्तिहरूले बहुमत प्राप्त गर्ने दावी गर्नुभयाे ।
अधिकार प्राप्तिका लागि महिलाहरू अझै सशक्त भएर लाग्नुपर्ने आवश्यकता ओैल्याउनुभयाे ।

माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य नारायणी शर्माले केपी ओलीले प्राप्त उपलब्धिलाई खारेज गर्न खाेजेकाले संघर्ष गर्नुपरेकाे बताउनुभयाे । उहाँले प्रतिगामी तत्वहरूबाट गणतन्त्र, संघीयता, धर्मनिरपक्षता, समानुपातिक, समावेशी र प्राप्त उपलब्ध मास्नका लागि भएकाे षड्यन्त्र निस्तेज पारिएकाे धारणा व्यक्त गर्नुभयाे ।

माओवादी केन्द्र दाङका कार्यालय सदस्य पुनम शेर्पालीले महिला मुक्तिका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता ओैल्याउनुभयाे ।

बिस्तारित बैठकले प्रेमा गैरेकाे अध्यक्षतामा ५५ सदस्यीय नगर समिति गठन गरिकाे छ ।

 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…