टिकटकमा जो पनि नाँचिरहेका छन्, कलाकारले फरक के दिने भनेर सोच्नुपर्छ : राजेश हमाल

नेपाली चलचित्रका सफल नायक राजेश हमालले अहिले टिकटकमा हरेक वर्गका मानिसहरुको आकर्षण देखेर आफू छक्क परेको बताएका छन् ।

कान्तिपुर फिल्म एकेडेमीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै हमालले भने–‘हामीले चलचित्रमा काम गर्दाको समयमा कुनै स्थानिय बासिन्दालाई पृष्ठभूमीमा अभिनय गरिदिनुहोस् न भन्दा उहाँहरु लजाउनु हुन्थ्यो । तर, अहिले टिकटक देखेर म त छक्कै पर्छु ।

नातीदेखि हजुरआमासम्म सबैले टिकटकमा आफ्नो कला देखाइरहनुभएको छ । यसैले, चलचित्र क्षेत्रमा केही गर्छु भनेर आउने नयाँ पुस्तालाई भयंकर चुनौती छ ।’

उनले अगाडि भने–‘यही क्षेत्रमा करिअर बनाउनका लागि, उत्कृष्ट हुनका लागि चुनौती छ । सामान्य व्यक्ति र कलाकार कसरी छुट्टिने भन्ने अवस्था छ । अहिले त टिकटकमा कलाकार पनि नाचिरहेका छन् । अब, कलाकारले फरक के ल्याउन सक्छन्, के नयाँ दिन सक्छन् भन्ने मुख्य कुरा हो ।’

हमालले नेपाली समुदायममा चलचित्रको प्रभाव गहिरो रहेको बताए । उनले भने–‘हुनत कुनै निर्देशकले बनाएको हो, कलाकारले पनि अभिनय गरेको हो भन्ने सबैले वुझेका छन् । तर, पनि चलचित्र हेरेपछि दर्शकमा पर्ने प्रभाव निक्कै गहिरो छ ।’

आफू चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयमा एउटा चलचित्रमा काम गरेपछि अर्को कहिले पाउँछु भन्ने अवस्था रहेको समेत उनले सुनाए ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…