नयाँ पार्टी निर्माणमा यसरी खटिए माधव नेपाल पक्षीय युवाहरू

काठमाडौं । माधव नेपाल पक्षीय युवाहरू नयाँ पार्टी निर्माणका लागि जुझारु ढंगले अगाडि बढेका छन् ।

उनीहरू पार्टी निर्माणका साथै सामाजिक कार्यहरूमा सहभागी हुन थालेका छन् ।

यसै क्रममा माधव नेपालको पक्षमा उभिँदै आएको राष्ट्रिय युवा संघ नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्सले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा पनि सफाई गरेको छ । ‘महिनाको २ दिन २ घण्टा राष्ट्रका लागि’ अभियान सञ्चालन गरेको पिपुल्स भोलेन्टियर्सले शनिबार बिहान १ घण्टा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई गरेको हो ।

राष्ट्रप्रतिको युवाहरुको दायित्वबोध गराउन आफूहरुले स्वयमसेवी ढंगले शिक्षण संस्था र स्वास्थ्य क्षेत्रहरुमा रहेका फोहोरमैला हटाउने अभियानलाई निरन्तरता दिएको पिपुल्स भोलेन्टियर्सका नेता खेम भण्डारी शाहीले जानकारी दिए । उनले राष्ट्र निर्माणको अभियानमा स्वयमसेवी ढंगले अघि बढन पनि सबै युवाहरुलाई आह्वान गरे ।

नेता भण्डारीले भने, ‘हाम्रो समाजमा जुन सचेत युवाहरु छन । सक्रिय युवाहरु छन । उनीहरुलाई राष्ट्रप्रतिको दायित्वबोध गराउन कम्तिमा पनि महिनाको २ दिन २ घण्टा राष्ट्र निर्माणका लागि स्वयम्सेवी ढंगले योगदान गर्न प्रेरित गर्ने गरी यो अभियान सुरु गरेका छौं । म राष्ट्र निर्माणको यो अभियानमा सबै युवाहरुलाई सहभागी हुन आह्वान गर्दछु ।’

पिपुल्स भोलेन्टियर्सले यस अघि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा पनि सफाई गरेको थियो । शिक्षा र स्वास्थ्य क्षेत्रमा सचेत युवाहरुको पंक्ति ठूलो भएकाले उनीहरु संलग्न संस्थाहरुको सफाई अभियान सुरु गरेर राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन आफूहरुले चाहेको पिपुल्स भोलेन्टियर्सको भनाई छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…