कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन

काठमाडाैँ । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणपछि निधन भएको छ। ५५ वर्षका थापाको पाटन अस्पतालमा शनिबार बिहान उपचारको क्रममा निधन भएको हो।

तीन साता अगाडि संक्रमण भएको थियो। स्वास्थ्यमा जटिलता आएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो।

थापाले केही चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेका छन्।

वरिष्ठ कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालमा थापाको निधनप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन्। उनले लेखेका छन्, ‘कलाकार शम्भु थापाले हाम्रा धेरै टेलिचलचित्रहरुमा अभिनय गरिदिएर सफल पारिदिनुभयो। उहाँको आत्माको चिरशान्तिको कामना । परिवारप्रति हार्दिक समवेदना !’

थापाले मह संञ्चारको ‘आमा, मदनबहादुर हरीबहादुर’ लगायतका टेलिचलचित्रमा अभिनय गरेका छन्। साथै उनले ‘मेरी बास्सै, भद्रगोल, गोलमान, हल्का रमाइलो’ लगायतका चलचित्रमा काम गरेका छन्।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…