चीनका धनीहरुको पैसा अब गरिबहरुलाई बाँडिने

काठमाडौं। चीनमा धनीहरुको पैसा अब गरिबहरुलाई बाँडिनेछ । राष्ट्रपति शी जिनपिङले धनको समान वितरणको योजना तयार पारेका छन् । उनी अनुचित कर्मालाई रोक्नको लागि कर्मचारीहरुको पारिश्रमिकमा वृद्धि र मध्यम वर्गको विस्तार गर्न चाहन्छन् । उनले मंगलबार सरकारले सामाजिक निष्पक्षताको लागि धनको पुनर्वितरणका विषयमा प्रणाली बनाउन लागेको बताएका थिए ।

फाइनान्सियल टाइम्सका अनुसार जिनपिङले धनीहरुको आम्दानीलाई सही तरिकाले विनिमय गर्न र व्यवसायीहरुलाई समाजमा अधिक योगदान गर्नको लागि प्रोत्साहित गर्नु जरुरी रहेको बताए । यसबाट देशका धनीहरुमा अतिरिक्त बोझ बढ्नेछ । चीन सरकारले कर र अन्य विकल्पको माध्यमबाट यो बोझ बहन गर्ने प्रयास गर्नेछ ।

जिनपिङको बैठकमा सरकारले कर, सामाजिक सुरक्षा र वित्तिय हस्तान्तरण भुक्तानीका विषयमा काम गर्ने तय भएको छ । यसको माध्यमबाट जनताको गुणस्तरीय शिक्षा र समावेशितामा काम गरिनेछ ।

क्रेडिट सुइजको रिपोर्टअनुसार चीनका एक प्रतिशत धनीहरुसँग देशको कूल सम्पत्तिको ३१ प्रतिशत छ । २ दशकअघि धनीहरुसँग देशको सम्पत्तिको २१ प्रतिशत थियो । तर पछिल्लो २ दशकमा यो १० प्रतिशतले बढेर ३१ प्रतिशत पुगेको छ ।

यसमाथि कोरोना महामारीले श्रमिक वर्ग, साना व्यवसायीलाई सबैभन्दा धेरै प्रभावित गरेको छ । यसबाट धनी र गरिबबीचको खाडल झनै बढेको छ । २०१९ को तुलनामा अहिलेसम्म चीनमा धनकुबेरहरुको संख्या ५० प्रतिशतले बढेको छ ।

लगानीकर्ताहरुले सूचीकृत चिनियाँ कम्पनीबाट यही फेब्रुअरीदेखि अहिलेसम्म १ ट्रिलियन डलरसम्म आफ्नो पैसा निकालिसकेका छन् । चीनका शहरमा २०२० मा निम्न वर्गका जनताको आम्दानी केवल १ प्रतिशत बढेको छ । विश्लेषकहरुले विकासको लागि उपभोक्ता क्षेत्रमा भन्दा लगानीका क्षेत्रमा पैसा खर्च गर्नु उपयुक्त मानेका छन् । यसको लागि नयाँ वित्तिय हस्तान्तरण र सामाजिक खर्च बढाउनु आवश्यक हुनेछ ।

चिनियाँ अधिकारीहरुले च्यारिटीको लागि प्रयास पहिलेभन्दा तीब्र बनाएका छन् । बेइजिङको नर्मल युनिभर्सिटीमा आर्थिक मामिलाका विशेषज्ञ ली शीका अनुसार चीनमा धनी र गरिबबीचको खाडल बढाउनमा रियलस्टेटको योगदान ७० प्रतिशत छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…