शैक्षिक सुधारका लागि ओलीद्वारा एक लाख सहयोगको घोषणा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन् । शुक्रबार चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले उक्त क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताए । उनले धर्तीमा कुनै पनि व्यक्ति वा वस्तु काम नलाग्ने नहुने भएको र यसको ज्वलन्त उदाहरण भिराडिल खाइको साकुरा पार्क भएको बताए ।

उनले भने ‘वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ म पनि सहयोग गर्छु, यो वडा र यो ठाउँ विकास हुन सकोस्, यहाँका जनप्रतिनिधि र विकास प्रेमी साथीहरुलाई सबै सहयोगी हातहरु जसरी अगाडि बढ्नुभएको छ, त्यसरी सधैँ लाग्नुहोस्, धेरै धेरै धन्यवाद, तपाईहरु अझै ठूला काममा सफल हुँदै जानुस् शुभकामना ।’

उनले सबै मानिस भीरमा जान नखोज्ने भन्दै भीरलाई व्यवस्थित गर्न सके गन्तव्यस्थल बन्ने बताए । अध्यक्ष ओेलीले पुरानो मित्र राष्ट्र जापान र नेपालबीचको सम्बन्धलाई पार्कले सम्बोधन गरेको बताए । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ। 

 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…