गाउँको घर भत्केपछि एक वृद्ध दम्पती डेढ वर्षदेखि जंगलमा बास

सिमकोट  एक वृद्ध दम्पती डेढ वर्षदेखि जंगलमा घाँसको छाप्रो बनाएर बस्दै आएका छन्। गाउँमा भएको घर भत्किँदा त्यसलाई मर्मत गर्न नसक्दा उक्त जोडी जंगलमा बस्न थालेको हो।

गरिबीकै कारण गाउँमा भत्केको घर निर्माण गर्न नसकेर जंगल छेउको छाप्रोमा बस्न बाध्य हुँदै आएको ६० वर्षीया शिवकला फडेराले बताइन्।

जिल्लाकै मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका कुइया फडेराको वृद्धि जोडी भत्केको घरलाई निर्माण गर्न नसक्ने भएपछि गाउँबाट दुई किमि टाढाको जंगलछेउ गएर घाँसको छाप्रो बनाएर बस्दै आएको हो।

उनले काम गर्न नसकिने भयो र अन्य सहयोग गर्ने सन्तानसमेत नभएपछि वृद्ध उमेरमा यसरी दिन काट्नुपरेको बताइन्। उनका श्रीमान् उमेरले ६५ वर्ष कटेका कुइयाले वृद्ध भएका कारण घर बनाउन नसक्ने भएकाले अन्य विकल्प नदेखिएपछि यसरी जंगलमा बस्दै आएको बताए।

१३ वर्षअगाडि एक सन्तानका रूपमा रहेको छोरा गाउँबाट निक्लेर फेरि फिर्ता नआएपछि योे जोडी एक्लै बस्दै आएको थियो।

उनले गरिबीकै कारण आफ्नो बास यस्तो झुप्रोमा भएको बताउँदै यस्तो बिजोक अरू कसैले भोग्न नपरोस् समेत भनिन् । साबिकको गाविस सकिर्देउको उनापानी गाउँमा भए पनि अहिले संघीयता कार्यान्वयनसँगै बनेका गाउँपालिकाको वडा नम्बर २ को रिप गाउँमा वडा कायम भएको थियो।

कुनै काम गर्न नसक्ने अवस्थामा पुगेपछि दिसा–पिसाब गर्न, पानी भर्न र दाउरा टिप्नकै लागि उक्त दम्पतीको जोडी गाउँबाट सरेर जंगलमा बस्न थालेको हो।

गाउँमा खेतबारी र जग्गा पनि भएका उनीहरूलाई गाउँलेले खेती गरेको जग्गाबाट केही उत्पादन भएको अन्नपात दिने गरेका छन्। त्यससँगै उनीहरूको बाँच्ने आधार भने सामाजिक सुरक्षा भत्ता भएको छ।

वडाध्यक्ष जगबहादुर रावतले गाउँमा भएको घर डेढ वर्षअगाडि पानी चुहिएर भत्किएपछि जंगल पुगेको जोडी पुनः गाउँमा कहिल्यै नफर्केको बताए। जंगल जानबाट रोक्ने प्रयास गर्दासमेत नसकेको वडाध्यक्ष रावतले बताए। साभार : देशसंचारबाट 

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…