पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु

४ भदौ, काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु गरिएको छ । व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्न भन्दै जागरण अभियान शुरु गरिएको हो ।

ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित अभियान उदघाटन कार्यक्रममा कटवालले हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियानको उद्देश्य भएको बताए ।

कार्यक्रममा राजनीतिक विश्लेषक देवेश झा, गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्द, शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्य र हिन्दू स्वयंसेवक संघ नेपालका कल्याण कुमार तिम्सिनाले हिन्दु धर्मको बारेमा कुरा राख्दै जागरण अभियान सांस्कृतिक अभियानको रूपमा अघि बढ्ने बताए ।

 

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…