गाउँमा काम नपाएपछि फेरि भारततिरै ‘घरमा बस्दा उल्टै ऋण लाग्यो, ऋण मात्र लिएर कति दिनसम्म खाने ?’

नेपालगन्ज । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि रोजगारीका लागि भारत फर्किनेको ओइरो लाग्न थालेको छ । सुर्खेतका ४० वर्षीय मोहन थापा गत चैत २६ मा भारतमा लकडाउन भएपछि घर फर्किएका थिए । यहाँ आएपछि संक्रमण बढ्यो । निषेधाज्ञाका कारण काममा जान सकेनन् । बेरोजगार बसेका बेला ऋण गर्दै घरखर्च चलाए । अहिले जोखिम मोलेर पुनः उनी रोजगारका लागि भारत जाँदै छन् ।

नेपालगन्जस्थित जमुनाह नाका हुँदै भारत जान लागेका उनको मुहार निरास अनि थकानले भरिएको थियो । आफूसँगै पाँच जना साथी लिएर जमुनाह पुगेका उनले आफू रहरले नभई बाध्यताले भारत जान लागेको बताए । ‘गाउँमा बसियो, काम पाइएन । घरमा बस्दा उल्टै ऋण लाग्यो,’ उनले भने, ‘ऋण मात्र निकालेर कति दिनसम्म खाने ? त्यसैले रोजगारका लागि फेरि भारत फर्किंदै छु ।’

बाँकेका ३२ वर्षीय रमेश धमलाले माहामारीमा भारत जान मन नभएर पनि जानुपरेको बाध्यता सुनाए । ‘कोरोना महामारीका बेला घरमै बस्न मन थियो,’ यतिका दिन घरमा बस्दा कसैले सहयोग गरेनन् । मागेर खान भएन,’ उनले भने, ‘रोगभन्दा भोकको डरले घर छाडेर जान लागेको हुँ ।’ घरखर्च जुटाउनुपर्ने बाध्यता अनि गाउँमै रोजगारी नहुँदा जमुनाह नाकाबाट दैनिक सयौं नागरिक रोजगारीका लागि भारत जाने गर्छन् । यो क्रम केही दिनयता बक्लिएको छ ।

यो नाका हुँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण कामका लागि भारत जान्छन् । कोरोना महामारीको सुरुवातसँगै स्वदेश फर्केकाहरूले स्थानीय तहमै पर्याप्त रोजगारीको व्यवस्था नहुँदा गुजाराका लागि फेरि भारततिरै जान थालेको बताउने गरेका छन् । अहिले यो नाकामा भारतबाट फर्किनेभन्दा बाहिरेनेको संख्या बढ्दै गएको छ ।

यस्तो भीडमा महिला र बालबालिका पनि सामेल छन् । स्वदेशमा काम नपाइएपछि महामारीकै बीच भारत जान थालेको दैलेखका जसवीर बुढाले बताए । ‘उता लकडाउन भएपछि काम ठप्प भयो । महामारी पनि बढ्दै थियो,’ उनले भने, ‘स्वदेशमै केही गर्ने भनेर फर्किएँ तर यहाँ काम पाइएन । फेरि उतै जान बाध्य भयौं ।’

भारततर्फ जाने अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक हुन् । अहिले जमुनाह नाका हुँदै भारततर्फ दैनिक ५ सयदेखि ६ सयको हाराहारीमा गइरहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले बताए । उनका अनुसार पहिले दिल्ली, चण्डीगढ, गुजरात, मुम्बईजस्ता सहरमा काम गरेर फर्केका मजदुर नै पुनः तिनै सहरतिर गइरहेका छन् ।

सरकारले नेपाल–भारत सीमा खुलाउन कुनै आधिकारिक निर्णय गरेको छैन । तर किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने नेपालीको जमुनाह नाकामा बाक्लै चहलपहल देखिन्छ । सीमा नाका बन्द भए पनि प्रहरी पोस्टबाट एक–एक गर्दै सर्वसाधरण रुपैडिहा प्रवेश गरिरहेका देखिन्छन् ।

रोजगारीका लागि भारत गएर घर फर्किएकाहरू र किनमेलका लागि भारत गएकाहरूमा शंका लागे मात्रै पीसीआर परीक्षण गरिन्छ । दुई देशबीचमा पूर्ववत् तरिकाले सवारीसाधन भने चलेका छैनन् ।

नेपालतिरका सवारी साधन नाकासम्मै पुग्छन् भने उताका सीमाभन्दा करिब ५० मिटर टाढै रोकिन्छन् । व्यावहारिक रूपले नाका केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता दीर्घराज उपाध्यायले बताए ।

‘सीमा खुलाउने भन्ने केही आधिकारिक पत्र आएको छैन,’ उनले भने, ‘व्यावहारिक रूपमा किनमेलका लागि नाका खुकुलो बनाएका छौं ।’ भारतीय नागरिक, नेपाली कामदार र कर्मचारीहरूलाई भने स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेशका लागि अनुमति दिइएको छ । रुपैडिहामा कोरोना संक्रमणको जोखिम कम भएकाले पनि नाकामा केही खुकुलो पारिएको उनको भनाइ छ ।

 

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…