प्रदेश २ मा एमालेभन्दा एमाले समाजवादी बलियो रहेको नेपाल पक्षको दाबी

जनकपुरधाम । प्रदेश २ मा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेभन्दा आफूहरु मजबुत रहेको माधव नेपाल पक्षले दाबी गरेको छ ।

२०७४ सालमा तत्कालीन एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्दा प्रदेश २ मा यो पार्टीको ३२ सांसद थिए । एमालेका २१ र माओवादीका ११ गरी ३२ जना सांसद रहेकोमा दुबै पार्टी पुरानो अवस्थामा फर्किदा एमालेका २१ सांसदमध्ये १३ जना एमाले समाजवादीमा रहेको नेपाल पक्षका एक नेताले बताए ।

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसदीय दलको नेता साविक एमालेका सत्यनारायण मण्डल थिए । तर, ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि प्रचण्ड–माधव समूहले मण्डललाई नेताबाट हटाएर शत्रुधन महतोलाई दलको नेता बनाएको थियो ।

पछि एमाले र माओवादी पुरानो अवस्थामा फर्किंदा समेत नेपाल पक्षका सांसदहरुले महतोलाई नै एमाले संसदीय दलको नेतामा निरन्तरता दिए । २९ चैत २०७७ मा बसेको संसदीय दलको बैठकमा एमालेका २१ मध्ये १३ जना सांसदले नेपाल पक्षका महतोलाई संसदीय दलका नेता बनाएको थिए ।

अहिले पनि ती १३ जना सांसद आफूहरुकै पक्षमा रहेको नेपाल पक्षकी सांसद बेचु लुंगेलीले बताइन् । ‘अहिलेसम्म हाम्रो १३ जना कायम छन्, अझ थपिने सम्भावना छ,’ उनले भनिन् ।

नेपाल पक्षमा संसदीय दलका नेता महतोसहित सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा, गोबिन्द बहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोद कुमार यादव, हसिमा खातुन, बेचु लुंगेली, मदनसेन प्रसाद श्रीवास्तव, मन्जु कुमारी यादव, सीता गुरुङ र अशोक कुमार यादव छन् ।

एमालेमा सत्यनारायण मण्डल, शारदा देवी थापा, लगनलाल चौधरी, त्रिलोकी प्रसाद, किशोरी साह, डा. मनोज कुमार सिंह, अनिता कुमारी यादव र जगतारैन देवी रहेका छन् ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…