दाङका प्राध्यापक मोहनबहादुर डाँगी अमेरिकी सरकारको उच्च पदमा नियुक्त

 

वासिङ्टन डिसी । अमेरिकी सरकार अन्तर्गतको एक उच्च पदमा नेपाली मूलका एक विद्वान नियुक्ति भएको छ। अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकाससम्बन्धी एजेन्सी युएसएआइडीको सल्लाहकारमा नेपाली मूलका डा. मोहनबहादुर डाँगी नियुक्त भएका छन्।

उनले यही सातादेखि अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित युएस एडको मुख्यालय रोनाल्ड रेगन भवनमा सो पदको कार्यभार सम्हालेका छन्।

क्यालिफोर्नियाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी अन्तर्गतका जियोग्राफी एण्ड सिटी एण्ड रिजनल प्लानिंगका प्राध्यापकसमेत रहेका डा.डाँगी प्रतिष्पर्धाका आधारमा सो पदमा पुगेका हुन्। अमेरिकी सरकारको उच्च पदमा पुग्ने उनी शायद पहिलो नेपाली मूलका व्यक्ति हुन्।

उनी ‘दिगो वातावरणीय सल्लाहकार’ को पदमा नियुक्त भएका छन्। यो पद युएसएडको व्यूरो अफ ह्युमेनिटेरियन एफियर्स अन्तर्गत पर्दछ । उनी फुलब्राइट युएस स्कलर अवार्डले यो वर्ष पनि सम्मानित भएका व्यक्ति हुन्।

नेपालको मध्यपश्चिम क्षेत्र दाङ का स्थायी बासिन्दा रहेका डा.डाँगीले दाङको नारायणपुरस्थित श्री सिद्धरत्ननाथ नमूना माविबाट एसएलसी गरेका थिए भने काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आर्ईएस्सी पास गरेका थिए।

२०५१ सालमा अमेरिका आएका उनले वायोमिंगको सेन्ट्रल वयोमिङ कलेजबाट भौतिक विज्ञानमा एसोसिएट डिग्री, प्रेसिडेन्सियल स्कलरसिपका कोलोराडो स्कूल अफ माइन्सबाट केमिकल इन्जिनियरिंगमा स्नातक र एशिसन स्टडिज एण्ड इन्टरनेशनल पोलिटिक्समा स्नातक गरेका थिए।

डा.डाँगीले युएसएडको विश्वभरको मानवीय सहयोगको क्रममा ती सहयोग सामाग्रीहरुबाट उत्पन्न हुने फोहरमैला, त्यसको व्यवस्थापनको बारेमा अध्ययन, अनुसन्धान गरी युएसएड र अमेरिकी सरकारलाई उचित सल्लाह दिने काम गर्नेछन्।

उनले सोही विश्वविद्यालयबाट इन्भारोमेन्टल साइन्स एण्ड इन्जिनियरिंगमा एमएस गरेका छन्। उनले मेरिल्याण्डस्थित जोन्स हप्किन्स विश्वविद्यालयबाट जियोग्राफी एण्ड इन्भारोमेन्टल सिष्टम इन्जिनियरिंगमा माष्टर्सपिएचडीसमेत गरेका छन्।

विश्वको सबैभन्दा ठूलो युनिभर्सिटी सिष्टममध्येको एक क्यालिफोर्निया स्टेट युनिभर्सिटीअन्तर्गतको क्यालिफोर्निया स्टेट युनिभर्सिटी फ्रेस्नोमा प्राध्यापनरत डा.डाँगीलाई उनकै विश्वविद्यालयले मनोनयन गरेर अमेरिकी सरकारको युएसएडका लागि दिगो वातावरणीय सल्लाहकार पदमा प्रतिष्पर्धाका लागि अघि बढाएको थियो।

अमेरिकाभरका धेरै विश्वविद्यायलका सिनियर प्राध्यापक र विद्धानहरुबीचको प्रतिष्पर्धाबाट उनको छनौट भएको हो। पूरै क्यालिफोर्निया राज्यबाट यो वर्ष जम्मा दुईजना प्राध्यापकहरुले युएसएड र अमेरिकाको विदेश मन्त्रालयमा विशेषज्ञ सल्लाहकार पदमा नियुक्ति पाउन सफल भएका छन्।

डिसी नेपालसंगको कुराकानीका क्रममा डा.डाँगीले अमेरिकी सरकारले आफ्नो विज्ञताअनुसारको जिम्मेवारी दिएको र सो जिम्मेवारी आफूले सक्दो मेहनत गर्ने बताए।

नेशनल एकेडेमिक्स अफ साइन्सेस, इन्जिनियरिंग एण्ड मेडिसिन(एनएएसइएम) ले जेफर्सन साइन्स फेलोसिपको लागि आह्वान गरेअनुसार, विश्वविद्यालयबाट प्रतिष्पर्धाका आधारमा आफू छनौटमा परेको पनि उनले जानकारी दिए।

यो कार्यक्रम अमेरिकाका पूर्व सेक्रेटरी कोलिन पावेलले विदेश मन्त्रालयको नेतृत्व गरेका बेला ल्याइएको कार्यक्रम हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाभरिका विश्वविद्यालयहरुबाट प्रतिष्पर्धाका माध्यमबाट विभिन्न क्षेत्रका विज्ञहरुको छनौट गरी सरकारको उच्च ओहदामा सल्लाहकारका रुपमा काम लगाउने गरिन्छ।

हाल नियुक्त भएका डा.डाँगीले युएसएडको विश्वभरको मानवीय सहयोगको क्रममा ती सहयोग सामाग्रीहरुबाट उत्पन्न हुने फोहरमैला, त्यसको व्यवस्थापनको बारेमा अध्ययन, अनुसन्धान गरी युएसएड र अमेरिकी सरकारलाई उचित सल्लाह दिने काम गर्नेछन्।

डा.डांगीले नेपालको पुल्चोक इन्जिनियरिंग क्याम्पसमा पुनर्नवीकरणीय उर्जा इन्जिनियरिङमा एमएस कक्षा सञ्चालन गर्न उल्लेख्य भूमिका खेलेका थिए । यो कार्यक्रम अमेरिकी सहयोगअन्तर्गत शुरु भएको थियो। यो सहित नेपाल र अमेरिकाका विभिन्न विश्वविद्यालयहरुबीच ८ वटा एमओयुहरुमा हस्ताक्षर गराउन पनि उनले उल्लेख्य भूमिका खेलेका छन्। डिसीनेपालबाट 

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…