जसपा बैठक चलिरहँदा बाबुरामलाई मञ्चको साइडमा छुट्टै कुर्सी किन ?

काठमाडौं । भदौ १ गते मंगलबारबाट जनता समाजवादी पार्टी नेपालको पहिलो केन्द्रीय समितिको बैठक जारी छ । उपेन्द्र–बाबुराम पक्षलाई निर्वाचन आयोगले दिएको मान्यतालाई सर्वोच्चले समेत सदर गरिदिएपछि जसपाले पहिलो केन्द्रीय समिति बैठक बोलाएको थियो ।

८० प्रतिशत केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको दाबी गरिएको बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको भने आसन फरक राखिएको छ । झट्ट हेर्दा असहज लाग्ने उक्त दृष्यलाई मानिसहरुले विभिन्न कोणबाट मूल्यांकन गरिरहेका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवसहित अन्य शीर्ष नेताहरु मञ्चमा पलेटी मारेर बसेका छन् । तर डा. भट्टराई भने मञ्चको साइडमा छुट्टै कुसीमा बसेका छन् ।

केहि समय अघि भट्टराईको घुँडाको अप्रेसन गरेका कारण पलेटी मारेर बस्न असहज हुने भएकाले उनलाई छुट्टै कुर्सीमा राखिएको उनका स्वकिय सचिव रोशन पोखरेलले जानकारी दिए ।

केही समय अघि उहाँको घुँडाको अप्रेसन गरिएको कारण उहाँलाई पलेटी कसेर बस्न असहज भएका कारण कुर्सीमा राखिएको हो ।’ उनले भने । पार्टी संगठन सुदृढिकरण, जनजागरण तथा अभिमुखीकरण अभियानको शुभारम्भ नाम दिइएको उक्त बैठक आज सकिँदैछ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…