अफगानिस्तानका अल्पसंख्यक हिन्दू र शिखलाई भारतले फास्ट ट्रयाकबाट भिसा दिने

भारत आउन इच्छुक अफगानीका लागि भारत सरकारले नयाँ श्रेणीको भिसा दिने भएको छ। अनलाइनबाट आवेदन दिन सकिने गरी फास्ट ट्रयाकबाट ‘इ–इमर्जेन्सी एक्स–मिसेलेनियस भिसा’को व्यवस्था गरेको यहाँको केन्द्रीय गृह मन्त्रालय (एमएचए)ले जनाएको छ।

नयाँ श्रेणीको भिसाले यहाँका अल्पसंख्यक हिन्दू र शिखहरूलाई राहत मिल्ने बताइएको छ। यस्तो भिसा ६ महिनाका लागि मान्य हुने सरकारी स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

‘अफगानिस्तानको वर्तमान अवस्थालाई मध्यनजर गर्दै एमएचएले भिसा प्रावधानको समीक्षा गरेको छ,’ मन्त्रालयका प्रवक्ताले ट्विटरमार्फत यसको पुष्टि गरेका छन्।

सन् २०१९ डिसेम्बरमा भारत सरकारले ल्याएको नागरिकता संशोधन ऐनले अफगानिस्तानका हिन्दू, शिख, इसाई, जैन, बौद्ध र पारसी धर्म मान्नेहरूलाई अल्पसंख्यकका रूपमा व्याख्या गरेको छ। ऐनले कम्तीमा ६ वर्ष भारतमा बसेपछि यी अल्पसंख्यकहरूले भारतीय नागरिकताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…