हामीले लोकतन्त्र र संविधानको रक्षाका गर्नका लागि अध्यादेश ल्याएका हौं : प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नका लागि गठबन्धनको सरकारले राजनीतिक दलसम्बन्धीको अध्यादेश ल्याएको बताएका छन् ।

बिहीबार समाजवादी केन्द्र नेपालको कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी गरे ।

ओ‌ली सरकारले ल्याएको अध्यादेशको उद्देश्य लोकतन्त्र र परिवर्तनका उपलब्धी, संविधानलाई संकटमा पार्नका लागि ल्याएको उनको भनाइ थियो ।

‘अध्यादेशको विषयमा अहिले डिबेट भएको छ । पहिला र अहिलेको अध्यादेशबीचमा आकाश जमिनको फरक छ । एउटै जसरी बुझियो,’ उनले भने, ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र,संविधान र गणतन्त्रलाई सिध्याउनु थियो भने अर्कोको उद्देश्य प्राप्त उपलब्धीहरुको रक्षा गर्नु हो ।’

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरुले मिलेर पार्टी फुटाउने व्यवस्था अध्यादेशमा राखिएपछि विरोध भइरहेको छ । बिहीबार सर्वोच्च अदालतमा अध्यादेशविरुद्ध ५ वटा रिट निवेदन पेस भएका छन् ।

 

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…