ओलीले कम्युनिष्ट आन्दोलन खरानी पारे, हामीले नयाँ ढंगले एकीकृत गर्छौ : मेटमणि चौधरी

घोराही । नवगठित नेकपा एमाले (समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई खरानी पारेका कारण नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभएको छ ।

केपी ओलीले तहसनहस बनाएको कम्युनिष्ट पार्टीलाई नवगठित एमाले (समाजवादी) ले एकीकृत गर्ने उहाँले बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरूबीचको एकतालाई जनता र कार्यकर्ताले अनुमोदन गरिसकेको अवस्थामा केपी ओलीको कम्युनिष्ट विरोधी हर्कतले विखण्ड र विभाजित भएको चौधरीको आरोप छ ।

‘केपी ओली समाजवादी क्रान्तिको विरोधी देखिए, अब नवगठित एमाले (समाजवादी) ले यो क्रान्तिको नेतृत्व गर्छ,’ उहाँले भन्नुभयो, ‘पाँच/छ महिनासम्म हामीले नवगठित एमाले (समाजवादी) को संगठन निर्माण गर्छौं, त्यसपछि मुलुकभरका अग्रगामी कम्युनिष्ट पार्टीहरूको बृहत् एकता हुन्छ ।’ त्यो एकतामा एमाले (समाजवादी), नेकपा माओवादी केन्द्र, बावुरम/उपेन्द्र नेृत्वको पार्टी सहभागि हुने चौधरीले बताउनुभयो ।

‘अहिले अलमल परेर ओली नेतृत्वको एमालेमा रहेका इमानदार नेता तथा कार्यकर्ताहरू पनि बृहत् कम्युनिष्ट पार्टी एकतामा सामेल हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘प्रतिगमनको नेतृत्वकर्ता केपी ओली बाहेक सबै नेताहरूलाई हाम्रो पार्टीमा स्वागत गरिने छ ।’

केपी ओलीसँग अग्रगामी एजेण्डा नभएकाले उनले नेतृत्व गरेको पार्टीको भविष्य नभएको उहाँको दावी छ । ‘अहिले बहुमत केन्द्रीय कमिटी साथीहरू केपी ओलीको पक्षमा देखिएपनि क्रमशः उहाँहरु ओली प्रवृत्तिसँग टिक्न नसकेर एमाले (समाजवादी) मा आउनुहुन्छ,’ चौधरीले भन्नुभयो, ‘बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो उद्देश्य हो, हाम्रो पार्टी आगामी निर्वाचनमा मुलुककै सबैभन्दा ठूलो दल बन्ने छ ।’

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…