विमलाको विज्ञप्ति : मैले माओवादी पार्टी रोजेपछि चरित्रह’त्या गर्न खोजियो

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली)ले आफूलाई फसाउन खोजिएको आरोप लगाएकी छिन् । बुधबार विज्ञप्ति जारी गर्दै वलीले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजिएको आरोप लगाएकी छिन् ।

‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्रह’त्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहन्छु,’ उनले विज्ञप्तिमा भनेकी छिन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैँ आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन । मेरो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरूबाट जुन दुस्प्रयास भयो, यसको कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’

आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भए पनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि चरित्रह’त्या गर्न खोजिएको उनको आरोप छ ।

‘मैले प्रदेश सभाको निर्वाचनमा दाङ क्षेत्र ३ (२)बाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित भएँ र पछि माओवादी केन्द्र र एमाले आफ्नै अस्तित्वमा गएपछि मैले माओवादी केन्द्र रोजेँ,’ उनले भनेकी छिन्, ‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरूबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए ।

मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दबाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयासस्वरूप नै मेरो चरित्रह’त्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु ।’

उनले आफू जिम्मेवारीप्रति प्रतिबद्ध रहेको पनि बताएकी छिन् । वाइसिएलका कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक कसैले ह्याक गरेर फोटोसपबाट तस्बिर जोडेर भ्रम छर्न खोजेको बताएका छन् । ‘मेरो फेसबुक कसैले ह्याक गरेर फेसबुकमा मेरो र माननीयको फोटो जोडर पोस्ट गरेछ,’ उनले भने, ‘विमला मेरो दिदी हुनुहुन्छ, तर, पत्याउनै नसकिने गरी सामाजिक सञ्जालमा प्रस्तुत गरिएको छ, यसले हाम्रो चरित्रमाथि दाग लागेको छ ।’

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…