बाग्मतीमा मुख्यमन्त्रीको पदबाट डोरमणि आउट, अष्टलक्ष्मी शाक्य इन

२ भदौ, काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको एमालेका एक सांसदले बताए ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । संसदीय दलको बुधबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गर्दै दलको नेता चयनका लागि तीन सदस्यीय समिति बनाएको छ ।

समितिमा दीपकराज पाण्डे, दीपक निरौला र रचना खड्का छन् । यो समितिले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया पूरा गर्नेछ । सांसद अरुण नेपालका अनुसार अब दलको नेतामा शाक्य चयन हुनेछिन् र उनी मुख्यमन्त्री बन्नेछिन् ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन् । मुख्यमन्त्री पौडेल अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् भने मुख्यमन्त्रीमा प्रस्ताव गरिएकी शाक्य माधव नेपाल समूहका हुन् ।

तर नेता नेपालले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने निर्णय गरेपछि उपाध्यक्ष शाक्यसहित स्थायी कमिटीका धेरै नेताले उनको साथ छाडेका छन् ।

 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…