अफगानिस्तानबाट लण्डन दोहा हुँदै थप ७२ नेपाली आइपुगे काठमाडौं

काठमाडौं । अफगानिस्तानमा अलपत्र परेका नेपाली नागरिकहरु नेपाल अउने तथा उद्धारका कामहरु भइरहेका छन् । जसका लागि नेपाल सरकार र अन्तर्राष्ट्रिय सहयोग मार्फत उद्धारका कामहरु भइरहेका छन्।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज बिहान मात्रै अफगानिस्तानमा रहेका ७२ नेपाली नागरिक नेपाल आइपुगेका छन् । उनीहरुलाई बिहान करिब ९ बजेतिर कतार एयरवेजको जहाजले काठमाडौं ल्याइदिएको हो ।

कतार एयरवेजले आज आइपुगेका ७२ नेपालीलाई अफगानिस्तानबाट लण्डन हुँदै दोहा र दोहाबाट आज नेपाल पुर्याइदिएको हो । हिजो मात्रै अफगानिस्तानबाट २ सय ५ जना नेपाली अफगानिस्तानबाट कुवेत हुँदै नेपाल आएका थिए ।

उनिहरुलाई अलजजिरा एयरलाइन्सको चार्टड विमानले नेपाल ल्याइपुर्याएको थियो । उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने बताइएको छ ।

त्यसतैगरी आज पनि सयौँको संख्यामा अफगानिस्तानबाट नेपालीहरुको उद्धार गरिने बताइएको छ । उद्धारका क्रममा ब्रिटिस सेनाले वेलायती कम्पनीमार्फत ४ सय ३७ नेपालीको उद्धार गरेको छ ।

उनीहरुलाई ब्रिटिस सेनाको बिशेष जहाजले उद्धार गरि दुवई हुँदै बेलायत पुर्याएको बताइएइको छ । उद्धार गरिएकामा सबैजसो अफगानिस्तानमा सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीहरु रहेको बताइएको छ ।

बेलायत पुर्याइएका नेपालीहरुको नियमित उडानबाटै नेपाल ल्याइने तयारी भइरहेको बताइएको छ । सरकाले अफगानिस्तानमा रहेका नेपालीहरुको लागि उद्धार सहयोग गर्न अन्तराष्ट्रिय संघ संगठनलाई सहायता मागेको छ ।

त्यस्तैगरी परराष्ट्रमन्त्रालयले विभिन्न माध्यममा सम्पर्क गर्न सक्नेगरी सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ । अफगानिस्ताबाट नेपाल आउन चाहनेहरुले उक्त नम्बरहरुमा सम्पर्क गरेर नाम रजिष्टर गर्न सक्ने बताइएको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…