काबुलबाट थप ४३७ नेपालीलाई उद्धार गरी बेलायत पुर्‍याइयो

काठमाडौँ । ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई उद्धार गरी बेलायत लगेको छ । बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्‍याइएको हो ।

‘हाम्रा साथीहरूलाई मंगलबार बिहानदेखि नै काबुल विमानस्थलबाट ब्रिटिस सेनाले लैजान थालेको हो । मेरो चौथो लटमा मंगलबार तीन बजे मात्रै पालो आयो । त्यसपछि दुबईको विमानस्थलमा ल्याएर एक छिन राख्यो । अहिले बेलायत ल्याइपुर्‍याएको छ,’ एक नेपाली सुरक्षा गार्डले कान्तिपुरलाई भने, ‘अब यहाँबाट होटल लैजाने कुरा छ । मभन्दा अगाडि उडेका साथीहरू पनि होटलमै छन् । त्यसपछि नियमित उडानमार्फत काठमाडौं पठाउने सुनेका छौं ।’

उनले अफगानिस्तान छोड्न चाहने अफगान शरणार्थीसँगै आफूहरूलाई सेनाको विशेष विमानमार्फत काबुलबाट ल्याइएको बताए । ‘हामी बस्ने जहाजमा सिट थिएन । भुइँमा पलेटी मारेर आएका हौं,’ उनले भने, ‘यस्तो बेला काबुलबाट सकुशल निस्कन पाउनु नै ठूलो भएको छ ।’

उनका अनुसार ब्रिटिस सेनाले बेलायती, जर्मन, जापानी, क्यानडाली कम्पनी तथा अन्तर्राष्ट्रिय दातृ निकायमा कार्यरत नेपालीको उद्धार गरेको छ । ‘दुबई आइसकेपछि उतैबाट काठमाडौं पठाइदिएको भए हुन्थ्यो । दुबईमा व्यवस्थापन गर्न कठिन भएकाले सबैलाई बेलायत नै लिएर आएको छ,’ उनले भने ।

यसअघि उनीहरूको टोली काबुल विमानस्थलनजिकैको होटलमा आएर बसेको थियो । होटल छोड्न तालिबानले आदेश दिएपछि विमानस्थलभित्र रहेको सैन्य परिसरमा बस्नुपरेको उनले बताए । ‘तालिबानकै सहयोगमा विमानस्थलसम्म आउन सम्भव भयो । उनीहरूले मानवीय सहयोग देखाए,’ उनले भने ।

यसअघि अमेरिकी दूतावासमा परिसरमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरी दोहा र कुवेत लगिएको थियो । तीमध्ये ११८ जना नेपाल आइसकेका छन् । काबुलस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र अन्य कूटनीतिक क्षेत्रमा खटिएका नेपाली सुरक्षा गार्डको अवस्था अझै सार्वजनिक भइसकेको छैन । यो टोलीले काबुल छाडेको वा कार्यालयमा सुरक्षा दिइरहेको भन्ने खुलेको छैन ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…