अफगानिस्तानको आकाशमा एक विमान, जसले ६०० यात्रु बोकेर अमेरिका उड्यो

काबुल । अफगानिस्तानमा जारी राजनीतिक संकटले यतिबेला अफगानी नागरिकको जीवन तहसनहस बन्दै गएको छ । अफगान नागरिकहरुले राजधानी काबुल हुँदै देश छोडिरहेका छन् ।

अफगानिस्तान छोडिरहेका नागरिकहरुको एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । अमेरिकी सेनाको कार्गोमार्फत आइतबार देश छोडिरहेका अफगान नागरिकको तस्बिर भाइरल बनेको हो ।

६ सयभन्दा बढी अफगानी नागरिक बोकेको अमेरिकी एयर फोर्सेस सी १७ ग्लोबमास्टर थर्ड विमानले काबुलस्थित हमिद कार्जाइ एयरपोर्टबाट अन्तिम समयमा उड्न सफल भएको थियो ।

त्रास  र पीडादायी अनुहार सहित उक्त विमानको फ्लोरमा बसिरहेका ६ सय भन्दा बढी अफगान नागरिकको सो तस्बिर सबैभन्दा बढी सेयर गरिएको छ ।
उक्त विमानभित्र देखिने नागरिकहरुले रित्तो हात देश छोडिरहेको तस्बिरमा देख्न सकिन्छ ।

न्युज वेभसाइट डिफेन्स वानका अनुसार उक्त विमानले आइतबार जम्मा ६४० अफगान नागरिकलाई हमिद कार्जाइ एयरपोर्ट हुँदै कतार पुर्‍याएको थियो ।

यस्तै सोमबार बिहान देश छोडिरहेका सयौँ अफगान नागरिकहरु विमानमाथि चढिरहेको भिडियो सार्वजनिक भएको थियो । अफगानिस्तान यतिबेला तालिबान विद्रोहीको नियन्त्रणमा रहेको बताइएको छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…