प्रधानमन्त्री नै दिन्छु भनेपनि म माधव नेपालतिर लाग्दिन : नवराज सिलवाल

नेकपा एमालेका सांसद नवराज सिलवालले आफू संस्थापन पक्षमै रहेको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालतिर लागेको समाचारको खण्डन गर्दै सिलवालले त्यसलाई प्रोपोगाण्डा भनेका छन् ।

‘म संस्थापनतिर नै छु, कतै लागेको छैन,’ सिलवालले सूत्रन्यूजसँग भने, ‘बजारमा म दायाँ बायाँ लागें भनेर हल्ला चलाइएको रहेछ, त्यो सही होइन ।’

उनले सत्ता गठबन्धनले आफूलाई प्रधानमन्त्री नै दिन्छु भनेपनि आफूले एमालेको संस्थापन पक्ष नछोड्ने बताए । ‘गठबन्धनले प्रधानमन्त्री नै दिन्छु भनेपनि म लोक्तान्त्रिक मूल्य र मान्यतासँग सम्झौता गरेर त्यता जान्न,’ सिलवालले भने ।

यसअघि सिलवाल नेता नेपालले बोलाएको बैठकमा सहभागी भएको समाचार बाहिरिएको थियो । सिलवालले आफूहरू एकताको पक्षमा जुट्न आग्रह गर्दै नेता नेपालसमक्ष गएको बताए । ‘हामी केही सांसदहरू कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र म पार्टी विभाजन तिर नलाग्नुहोस भन्न गएका थियौं । त्यसैलाई समातेर उता गए भन्दै प्रचार भएछ,’ उनले भने ।

पूर्व प्रहरी अधिकृतसमेत रहेका सिलवाल २०७४ सालको आमनिर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट बिजयी भएका थिए । सिलवाल अध्यक्ष ओलीलाई साथ दिने प्रभावशाली सांसद हुन् ।

 

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…