तालिबानको पहिलो पत्रकार सम्मेलमै पश्चिमा जगत चकित, सोचे भन्दा ठिक विपरित गर्दै तालिबान

अफगानिस्तानमाथि क’ब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिद पहिलोपटक सार्वजनिक भएका छन् ।  मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् । उनलाई पहिलोपटक विश्वले देखेको हो । अहिलेसम्म उनको तस्बिर मिडियामा सार्वजनिक भएको थिएन ।

मुजाहिदले ​मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘हामी कसैसँग बदलाको भावना राख्ने छैनौँ । हामीलाई बाह्य वा आन्तरिक दुश्मन चाहिँदैन । तालिबानी नेता जलालाबादमा नयाँ रणनीति तयार गरिरहेका छन् भने उता दोहामा पनि वार्ता चलिरहेको छ ।

हामीलाई अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा गर्व छ ।’ तालिबानले पत्रकार सम्मेलनमा आफ्नो देशको भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने बताएको छ। तालिबानद्वारा प्रस्तुत नम्र व्यवहार देखेर विश्व जगत नै चकित भएको छ। विशेषगरि पश्चिमा राष्ट्रहरुले लगाउने गरेको तालिवानमाथिको हिंसक आरोप तालिबानहरुले ठिक विपरित सावित गरिरहेका छन्।

अफगानिस्तानको जमिन कसैको विरुद्ध प्रयोग गर्न दिँदैनौँ

मुजाहिदले भने, ‘आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौँ । हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौँ । सबै दूतावास सुरक्षित छ । वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रलाई यो भरोसा दिलाउन चाहन्छु कि अफगानिस्तानमा सबै सुरक्षित छन् । अफगानिस्तानको जमिनको प्रयोग कुनै पनि देशको विरुद्ध हुन दिने छैनौँ । हामी विश्वलाई भरोसा दिन चाहन्छौँ कि हाम्रो जमिन तपाईंको विरुद्धमा प्रयोग हुन दिन्नौँ ।’

हाम्रो सिद्धान्तबाट कसैले चिन्ता गर्नुपर्दैन

मुजाहिदले भने, ‘हामीलाई अफगानिस्तानलाई स्वतन्त्र बनाएकोमा गर्व छ । हामी अन्तर्राष्ट्रिय सीमालाई सम्मान गर्छौँ । हामी अन्तर्राष्ट्रिय समुदायलाई दुःख दिन चाहँदैनौँ । हामीसँग धर्मको अधिकार छ । अन्य देशमा अलग नीति छ, अलग धर्म छ, अलग विदेशी नियम छ । हामी सबै नियमलाई सम्मान गर्छौँ । हामी पनि त्यसरी नै हाम्रो मूल्य अनुसार नीति बनाउन चाहन्छौँ । कसैलाई हाम्रो नियम र सिद्धान्तबाट चिन्तित हुनु पर्दैन ।’

महिलालाई शरियत अनुसार अधिकार

मुजाहिदले भने, ‘इस्लामी इमिरेट महिलालाई शरियतको हिसाबले अधिकार दिनेछौँ । हाम्रो धर्मअनुसार महिलालाई अधिकार दिइनेछ । उनीहरू शिक्षा, स्वास्थ्य र अलग अलग क्षेत्रमा काम गर्नेछन् । अन्तर्राष्ट्रिय समुदायलाई महिलाको अधिकारलाई लिएर चिन्ता छ । हामी भरोसा दिलाउन चाहन्छौं कि कसैको अधिकार उल्लङ्घन हुनेछैन । हाम्रो महिला मुसलमान हुन्, उनीहरू शरियतअनुसार बस्नुपर्छ ।’

अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा लगानी गर्न आग्रह

मुजाहिदले भने, ‘हामी आशा गर्छौँ जब युद्ध समाप्त हुन्छ, तब हामी अर्थ व्यवस्था र पूर्वाधारलाई विकास गर्छौँ । हामी हाम्रो अर्थ व्यवस्थालाई सशक्त बनाउने छौँ । हामी सबै अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि अपिल गर्ने छौँ । अफगानिस्तानका जनता राम्रो जीवन बिताउन चाहन्छन् । हामी व्यवसायलाई सञ्चालन गर्न दिनेछौँ र सुरक्षाको प्रत्याभूति पनि दिनेछौँ ।

मिडियालाई स्वतन्त्ररुपमा चल्न दिने

उनले भने, ‘एकपटक फेरि मिडियालाई भरोसा दिलाउन चाहन्छौँ कि हामी मिडियालाई स्वतन्त्ररुपमा चल्न दिनेछौँ । निजी मिडियालाई पनि हाम्रो फ्रेमवर्क अनुसार काम गर्न दिनेछौँ । इस्लाम हाम्रो देशको अहम् मूल्य हो । मिडियाले यसलाई पनि स्थान दिओस् । मिडिया स्वतन्त्र रहनेछन् । मिडियाले हाम्रो आलोचना गरे हामी अझै राम्रो भएर काम गर्न सक्ने छौँ । उनले नयाँ सरकारले देशको कानुनबारे तय गर्ने पनि बताए ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…