अमेरिकाले काबुलबाट उद्धार गरेका १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे

काठमाण्डौ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय १८ जना नेपाली स्वदेश आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले १ सय १८ जना नेपाल आइपुगेको जनाएकाे हाे ।

अमेरिकी चार्टर्ड बिहानमा उनीहरु बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेका विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३ सय ८५ मध्ये १ सय १८ जना बिहान आइपुगेका हुन् । यसअघि विमानस्थल कार्यालयले १ सय २७ जना काठमाण्डौ आइपुगेको जनाएको थियो ।

उनीहरुलाई कुवेतको जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ । स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल ल्याइएकाहरुको स्वास्थ्य जाँच गरेर सङ्क्रमण भएमा उपचार पछि घर पठाइने र सङ्क्रमण नभए सिधै घर पठाइने छ । अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन् । विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ ।

अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाइसकेका छन् । कन्सुलर सेवा विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण टिपाउन सकिन्छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…