अफगानिस्तान गुलामीको चक्रबाट मुक्त भयो : इमरान खान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानले गुलामीको चक्र तोडेको प्रतिक्रिया दिएका छन्। सोमबार इस्लामावादमा भएको एक कार्यक्रममा बोल्दै उनले तालिबानको सफलताको प्रशंसा गरेका हुन्।

‘अफगानिस्तानले गुलामीको चक्र तोडेको छ, तर जो जहाँनिया गुलामीको चक्र छ त्यो कहिल्यै तोडिँदैन,’ उनले भने।

तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको भोलीपल्टै पाकिस्तानका प्रधानमन्त्रीले यस्तो बताएका हुन्। प्रधानमन्त्री खानको अभिव्यक्ति यस्तो समयमा आएको छ जब अफगानिस्तानका जनतालाई तालिबान शासनको पुराना दिनहरुको याद ताजा भइरहेको छ।

चर्चित लेखक तस्लिमा नसरीनले इमरान खानको यो अभिव्यक्तिको चर्को आलोचना गरेकी छिन्। उनले एक ट्वीटमा भनेकी छिन् ‘पाकिस्तानी प्रधानमन्त्री इमरान खान तालिबानलाई माया गर्छन्। तालिबानले दासत्वको चक्र तोडेको उनी भन्छन्। यदि इमरान खानको दुई छोराको सट्टा दुई छोरीहरु भएको भए के हुन्थ्यो ? र उनीहरु युकेमा नभएर अफगानिस्तानमा बस्थे भने ?’

यसैबीच, पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री फवाद चौधरीले अफगानिस्तानसँग सम्बन्धित हरेक घटनाक्रमले पाकिस्तानको राजनीति र रणनीतिमा असर पार्ने बताएका छन्।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…