काबुलमा १५० नेपालीसहित विदेशी बसिरहेको होटल छाड्न तालिवानको आदेश

काठमाडौँ । आफगानिस्तानभर आफ्नो पकड जमाएको तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदार/कर्मचारीहरुलाई छाड्न आदेश दिएको छ । होटलमा झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड छन् ।

तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिइएको हो ।

‘हामीलाई तुरुन्तै होटल छोड्नुपर्ने तालिवानको आदेश छ । उनीहरु होटलमा छन्’, एक नेपाली सुरक्षा गार्डले भने,‘हामी विमानस्थल जान सबै साथीहरु होटल बाहिर निस्किएका छौं । अब यहाँबाट विमानस्थल जाने तरखरमा छौं ।’

तालिवानले विमानस्थल जान समस्या नभएको जानकारी दिएको उनले बताए । होटलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा छ । उनीहरु आइतबार बिहान काबुलस्थित दूतावासको परिसरबाट होटल आएर बसेका थिए । ‘हिजो हामीलाई क्याम्पबाट निस्कन पनि दुई घण्टाको समय दिएका थिए ।

अमेरिकी सेनाले दूतावास रहेका क्षेत्रबाट हेलिकप्टरबाट नै साथीहरुलाई विमानस्थल लगेर राखेको थियो । तोकिएको समयमा हेलिकप्टरबाट मात्रै जान सम्भव नभएपछि हामी गाडीबाट होटलमा आएर बसेका थियौं,’ उनले भने, ‘हामीमाथि कुनै नराम्रो दु’र्व्यवहार गरिएको छैन ।’

अमेरिकी सेनाले विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ । सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् । कान्तिपुरबाट 

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…