काबुल दुतावासमा कार्यरत सय जना पूर्व गोर्खा सैनिक बेवास्ता गरेपछि क्यानडाका प्रधानमन्त्रीको चर्को आलोचना

काठमाडौं। अफगानिस्तानमा रहेका नेपालीको विषयलाई लिएर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको चर्को आलोचना भएको छ । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्रण गरेसँगै क्यानडाले अफगानिस्तानस्थित आफ्नो दूतावासको सबै कामकाज बन्द गरेको छ । तर, दूतावासको सुरक्षामा खटिएका पूर्व गोर्खाली सुरक्षाकर्मीलाई बेवास्ता गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो ।

काबुलस्थित क्यानडाको दुतावासको सुरक्षाका लागि १०० जना पूर्व गोर्खा सैनिक खटिएका छन् । तालिबानले काबुलमा नियन्त्रण गरेसँगै क्यानडाले आइतबारदेखि दूतावास बन्द गरेको र सबै कामकाज स्थगित गरेको क्यानडाको मिडिया सीबीसीले जनाएको छ ।

उसले त्यहाँ दूतावासमा कार्यरत आफ्नो देशका कर्मचारीलाई तत्काल काबुलबाट निकालेर आफ्नो देश लैजाने तयारी गरिसकेको छ । तर, काबुलबाट निकालिने सूचीमा पूर्व गोर्खालीहरुलाई नराखिएको भन्दै क्यानडाको छायाँ सरकारका रक्षा मन्त्री ज्याक ह्यारिसले आक्रोश पोखेका छन् ।

उनले लेखेका छन् ‘क्यानडाली दुतावासमा कार्यरत १०० नेपाली गोर्खालीहरु र पूर्व कर्मचारीहरु त्यहाँबाट निकालिने व्यक्तिहरुको सूचीमा नपरेको थाहा पाउँदा चिन्तित भएको छु । क्यानडाले उनीहरुको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नै पर्छ ।

जोखिममा परेकाहरुलाई बाहिर निकाल्नेतर्फ ध्यान केन्द्रित गर्नुको सट्टा आज जस्टिन ट्रुडोले देशमा चुनाब घोषणा गरेका छन् ।’ सेन्ट जोन्स इस्टबाट क्यानडाको प्रतिनिधिसभा हाउस अफ कमन्सका सदस्य रहेका ह्यारिस त्यहाँको विपक्षी दलको छायाँ सरकारका रक्षा मन्त्री हुन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…