देशभक्तको छवि भएका राजेश झालाई हटाएर हरिशंकरलाई नियुक्त गर्न सिफारिस

काठमाडौं : सरकारले प्रदेश २ को प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राजेशझालाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो।

तर, राजेश झाले आफू पदमुक्त भएको आधिकारिक जानकारी नआएको बताएका छन्। उनले भने, ‘ मलाई आधिकारिक जानकारी आएको छैन, हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको हो भने बधाइ तथा शुभकामना ।’ राजेशझालाई केपी शर्मा ‌ओली नेतृत्वको सरकारले प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो।

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

सर्वोच्च अदालतबाट संसद्को पुनर्स्थापना भएपनि सरकारले बिजनेस नदिएर संसदललाई बिजनेसविहीन बनाएको थियो। सरकारले सदनलाई बिजनेसविहीन बनाएको भन्दै सांसदहरूले संसद्मा बारम्बार ध्यानाकर्षण गराइरहेका थिए। सभामुख सापकोटा सदनलाई प्रभावकारी बनाउन चुकेको उनीहरुको भनाई थियो। सरकार गठन भएको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

 

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…