तालिबानलाई चीनको बलियो समर्थन

काबुल । अफगानिस्तानलाई तालिबानले क’ब्जा’मा लिएपछि चीनले अफगानिस्तानसँग मित्रतापूर्ण सम्बन्ध रहने घोषणा गरेको छ । चिनियाँ सरकारका प्रवक्ताले सोमबार मैत्रीपूर्ण र सहयोगी सम्बन्ध रहने प्रतिक्रिया दिएका हुन् । चीनले अफगानिस्तानबाट अमेरिकी हटाएसँगै तालिबानसँग अनौपचारिक सम्बन्ध कायम गर्न खोजेको बताइन्छ ।

अफगानिस्तानसँग चीनको ७६ किलोमिटर दूरी सीमा जोडिएको छ । यद्यपि अफगानिस्तान चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुरहरुको बिन्दु बन्नसक्ने भन्दै चिन्तित थियो । तर गत महिना तियान्जिनमा उच्च स्तरीय तालिबान नेताले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटको क्रममा तालिबान नेताले अफगानिस्तानलाई ल’डा’कूको आधार क्षेत्र बन्न नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जवाफको रुपमा चीनले अफगानिस्तानको पुनर्संरचनामा आर्थिक सहयाता र लगानी बढाउने जनाएको थियो । सोमबार चीनले अफगानिस्तानसँग गहिरो सम्बन्धका लागि स्वागत गरेको थियो ।

तालिबान नेताहरुले पनि चीनसँग आफूहरुको सुमधुर सम्बन्ध विकास गर्ने बताउँदै आएका छन् । साथै अफगानिस्तानको विकास र पुनर्संरचनामा चिनियाँ सहभागिता अपेक्षा गरेको उनीहरुको भनाइ छ । तालिबानले सत्ता क’ब्जा गरेपछि रुसी अधिकारीसँग पनि भेटवार्ता गर्न थालेको छ । २० वर्षपछि अफगानिस्तानको शासन सत्ता कब्जामा लिएको तालिबानको संघर्षयात्रालाई अनेक रुपबाट टिप्पणी हुन थालेको छ ।

अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्र नै बस्न र पछिल्लो घ’ट’नाक्रमबारे जानकारी दिएको छ । उसले अफगानिस्तानका विभिन्न समूहलाई आफ्ना नागरिकको सुरक्षाका लागि आग्रह गरेको जनाएको छ । त्यस्तै, रुसको विदेश मन्त्रालयले पनि राज्यद्वारा सञ्चालित मिडियालाई अफगानिस्तान छाड्ने सरकारको कुनै योजना नरहेको बताएको छ ।

तालिबानका प्रतिनिधिहरूले गत जुलाईको अन्त्यमा चीन भ्रमण गरेर विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । यस भेटलाई तालिबानलाई राजनीतिक शक्तिको रूपमा अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको थियो ।

चीनको विदेश मन्त्रालयले चीनले अफगानिस्तानको आन्तरिक मामिलामा ‘हस्तक्षेप नगर्ने’ नीति अवलम्बन गर्ने जनाएको थियो ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…